विधालयलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्न को लागि आशय पत्र आव्हान

सरकारी तथा सामुदायिक विधालयलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि आशय पत्र (Expression of Interest) आव्हान

नेपाल दूरसञ्चार प्राधिकरण

कमलादी, काठमाण्डौको

सरकारीतथासामुदायिकविधालयलाईब्रोडव्याण्डइन्टरनेटजोड्नको लागि

आशय पत्र (Expression of Interest)आव्हान

१)      दूरसंचार ऐन २०५३ र दूरसंचार नियमावली, २०५४ को प्रावधान अनुरुप एक स्वतन्त्र नियामक निकायको रुपमा नेपाल दूरसंचार प्राधिकरण रहेको र प्राधिकरणले दूरसंचार सेवा सर्वसुलभ बनाउने, उपभोक्ताको हक हितको संरक्षण गर्ने, आधारभूत दूरसंचार सेवा ग्रामिण तथा शहरी क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था मिलाउदै आएको छ |

२)      दूरसंचार ऐन २०५३ को दफा ३०(४) अनुसार ग्रामिण क्षेत्रमा दूरसंचार सेवा विकास तथा विस्तारको लागि दूरसंचार सेवा प्रदायकको वार्षिक आम्दनीको २ प्रतिशत जम्मा हुने गरी ग्रामिण दूरसंचार विकास कोष रहेको छ |

३)      नेपाल सरकारको दूरसंचार नीति २०६० तथा ब्रोडव्याण्ड नीति २०७१ अनुसार ग्रामिण तथा दुर्गम क्षेत्रका गा.वि.स., स्वास्थ्य चौकी/ अस्पताल तथा विधालयहरुमा ब्रोडव्याण्ड (कम्तिमा 512 Kbps) इन्टरनेट जोड्ने लक्ष्य रहेको छ | सोहि अनुसार प्राधिकरणको आ.व. २०७२/७३ मा सामुदायिक/सरकारी विधालय/क्याम्पस/उच्च मा.वि.हरुमा ब्रोडव्याण्ड इन्टरनेट जोड्ने कार्यक्रम रहेको छ |

४)    विधालयको शैक्षिक विवरण, सूचना प्रविधि सम्वन्धि दक्ष शिक्षकको विवरण, जम्मा विधार्थी संख्या,भवन तथा प्रयोगशालाहरुको विवरण खुल्ने Data Sheet अनुसार विवरणहरु सहित तपसिलको मिति, समय, ठेगानामा इच्छुक सामुदायिक/सरकारी विधालय/क्याम्पस/उच्च मा.वि.हरुलाई आशय पत्र  पेश गर्न अनुरोध छ |

५)      आशय पत्र भर्न डाटासिट प्राधिकरणमा उपलव्ध छ वा प्राधिकरणको Website:nta.gov.np बाट डाउनलोड गर्न सकिन्छ |

६)      कुनै पनि आशय पत्र स्वीकृत तथा अस्वीकृत गर्ने अधिकार प्राधिकरणमा सुरक्षित छ |

तपसिल:

स्थान: नेपाल दूरसंचार प्राधिकरण, कमलादी, काठमाण्डौ |

आशय पत्र पेश गर्ने अन्तिम मिति: २०७३|१|२४

समय: वेलुकी ३:०० बजे सम्म |