समाजिक सञ्जालमाआउने गुनासो सम्बोधन गर्ने टेलिकमक, कम्प्लेन अडिटको काम सुरु l

काठमाडौं । समाजिक सञ्जालबाट पनि नेपाल टेलिकमको सेवाबारे गुनासो राख्न सकिने छ । टेलिकमको फेसबुक, टि्वटरसहितका समाजिक सञ्जालका आधिकारिक पेजहरुमा गरिएका ‘कम्प्लेन’ लाई कम्पनीले तत्काल सम्बोधन गर्ने बताएको छ । त्यसका लागि ग्राहकका समस्या समाधानमा केन्द्रित भएर छिटो काम गर्ने दावी टेलिकमको छ । गुनासा आउनासाथ प्राविधिक टोली खटाएर समस्या पहिचान गरी मर्मत लगायत आवश्यक सेवासम्पादन द्रुत गर्ने टेलिकमले जनाएको छ । टेलिकमले पछिल्लो समयम कम्प्लेन अडिटको लागि छुट्टै फोरम विकास गरेको छ र टेलिकमका सबै जिम्मेवार कर्मचारीलाई राखिएको छ । अब फेसबुकलगायत समाजिक सञ्जालबाट आएका सेवाबारेका कम्प्लेनलाई पनि टेलिकमले आत्मसात गर्नेछ र समाधानका लागि आवश्यक कदम उठाउनेछ । कम्प्लेन अडिटका लागि टेलिकमले प्रभावकारी ढंगले काम सुरु गरेको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । ‘अहिले हाम्रो सेवकाबारेमा आउने गुनासोहरुलाई तत्काल सम्बधोन गर्न सकियोस् भनेर कम्प्लेन अडिट थालेका हौं’ राजभण्डारीले भनिन्,’टेलिकमका सबैजसो कर्मचारी कम्प्लेन अडिटका फोरममा छन् । कुनै गुनासोहरु कतै देखिएमा त्यसलाई समाधान गर्न हाम्रो टिम एक्टिभ भइहाल्ने गरी ब्यवस्था मिलाएका छौं ।’

नेपाल टेलिकमले अहिले जिएएसएमको लागि १४९८, पिएसटिएन र एडिएसएलका लागि १९८ कम्प्लेन गर्न सकिन्छ । अन्य सेवाहरुको कम्प्लेनका लागि पनि यस्ता नम्बरहरु उपलब्ध गरिएका छन् । टेलिकमका सह-प्रवक्ता सोभन अधिकारी अब जुनसुकै माध्यमबाट आएका कम्प्लेनलाई सम्बोधन गर्न फरक तवरले काम सुरु गरिएको बताउँछन् । ‘हाम्रो प्राविधिकसहितको मेन्टिनेन्स टिम जुनसुकै समयमा ग्राहकको गुनासो सम्बोधनका लागि तयार रहेको हुन्छ । त्यसलाई अझ प्रभावकारी बनाउन कम्प्लेन अडिटको ब्यवस्था गरेका छौं’ उनले भने,’समयमा आएपछि हामी टेलिकमका जोसुकैले पनि कम्प्लेन अडिडको फोरममा त्यसको जानकारी दिन्छौं । त्यो समाधान भएको रिपोर्ट पनि त्यसबाटै लिन्छौं ।’ उनले आन्तरिक रुपमा टेलिकमा सबै कर्मचारी जिम्मेवार बनाउन पनि यसले सहयोग गर्नेछ भने ग्राहकले पनि आफ्ना समस्यको समाधान छिटो पाउनेछन् । टेलिकमका सेवाहरुमा ग्राहक पूर्ण रुपमा सन्तुष्ट छैनन् ।सुधारका लागि काम गर्दै आउने गुनासो पनि समयमै सम्बोधन गरेर ग्राहकलाई सुन्तुष्ट पार्ने प्रयास टेलिकमले गरिरहेको बताएको छ । जिएसएम सेवामा बेला-बेलामा आउने विभिन्न किसिमका समस्याले पनि टेलिकमलाई समस्यामा पार्ने गरेको छ । एडिएसएल र मोबाइल सेवा टेलिकमको सबैभन्दा बढीआलोचित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here