समय पैसा हो, खेर नफालौँ , श्रीयोग डट कम

समय पैसा हो, खेर नफालौँ , श्रीयोग डट कम

श्रीयोग डट कम के हो ?

श्री योग डट कम एउटा यस्तो वेबसाईट हो, जसले छोटो समयमा वा पार्ट टाईम काम गर्ने मान्छेहरुलाई जस्तै ; एलेक्ट्रीसियन, प्लम्बर, कार्पेन्टर, पेन्टर, दुधवाला, व्याण्डबाजा बजाउने, भेटेरेनरी डाक्टर, ग्यास डेलिभरी गर्ने, वकिल, बिउटीसियन, ट्याक्सी ड्राइभर जस्ता अन्य धेरै व्यक्तिहरुलाई पार्ट टाइम काम गर्न अवसर प्रदान गर्दछ ।

घरको भनौँ वा अफिसको, काम गर्ने मान्छे नभएर दिनहँु पर्खिनुपर्ने बाध्यता हामी सबैको रहेको हामीले मध्यनजर गर्दै आईरहेका छौँ । कुनै पनि काम सानो हुदैँन , अनि काम गर्ने मान्छे कहिले पनि सानो हुदैन । यही कुरालाई ध्यानमा राखेर नै हामीले हाम्रो सानो प्रयासलाई देशको दोश्रो ठुलो सहर बिराटनगरबाट सुरु गर्ने जमर्को ग¥यौँ । एउटा वेबसाइट जसले पार्ट टाइम काम गर्ने मान्छेको खोजी गरिदियोस भन्ने सबैलाई लाग्छ नै ।

प्रकाश इन्फोशिसद्वारा संचालित यस वेबसाइटले पार्ट टाइम काम गर्ने वा भनाँै केहि न केहि सिप भएका व्यक्तिहरुलाई लिस्टिंग गर्नेछ, सो लिस्ट अन्तर्गत आफुलाई चाहिएको व्यक्तिहरुलाई सम्पर्क गरि कामको प्रस्ताब राखी काम गराउन सकिनेछ । कामको प्रकृति, काम गर्ने स्थान, काम गरे बापत तिर्नुपर्ने रकम ( ज्यालादर ) इत्यादि आवश्यक शर्तहरु काम दिलाउने र काम गर्ने पक्षबिचको आपसी सहमतिमा निर्धारण गरिनेछ ।

तपाईं वा तपाईंले चिने जानेको कोही सँग कुनै सिप छ तर तपाईं खाली बसी रहनु परेको छ भने तपाईं आफ्नो वा वहाँहरुको विवरण हाम्रो वेबसाइटमा भर्नुहोस् , हाम्रो वेबसाइटमा बिभिन्न क्षेत्रमा काम गर्ने ब्यक्तीहरुलाई लिस्टिङ गरिन्छ, जसले गर्दा तपाईं वा वहाँहरुले कुनै न कुनै काममा रोजगार बन्न सक्नुहुन्छ ।
बेरोजगारी बढी रहेको छ, साथै अवसर पनि बढी रहेको छ । सिप भएर पनि मौका नपाउदा धेरै नै बेरोजगार भएर विदेश पलायन हुनु परेको छ । यस सँगै विभिन्न समय, चाड, पर्व, अनि घर अफिस, फ्याक्ट्री अथवा कुनै ठाउँमा कोहि सिपालु मान्छे चाहिँदा खोज्न नै धेरै दिन लागेको कुरा सर्वबिदितै छ ।
यस्तै समस्यालाई समाधान गर्नको लागि तथा आफुलाई चाहिएको मान्छे तुरुन्त खोज्न सजिलो होस् भन्ने उदेश्यले यस्तो वेबसाइटको परिकल्पना गरेको हु, धन्यवाद ।
यसले कसरि काम गर्छ ?

नेपालको केहि मुख्य शहरहरुबाट विशेष सीप तथा क्षमता भएका व्यक्तिहरुको नाम र सम्र्पक नम्बर यस वेबसाइटमा राखिएको छ । आफुलाई जुन कामको लागि जुन स्थानबाट कामदार चाहिएको छ, सो कामको आईकनमा गई एकै क्लिकबाट आफुलाई चाहिएको स्थानमा कामदार पाउन सक्नु हुनेछ । जस्तै कि ; बिराटनगरमा बस्ने जो कसैलाई प्लम्बर चाहिएको खण्डमा हाम्रो वेबसाइटमा गई आफुलाई चाहिएको समूहमा क्लिक गर्नुहोस् । उक्त समूहसँग सम्बन्धित व्यक्तिहरुलाई पाउनु हुनेछ । कुनै एक नम्बर लिएर सिधै फोन गर्नुहोस, अनि सम्बन्धित मान्छेलाई काममा लगाउनुहोस् ।

बेरोजगारीको लागि के कस्तो सुबिधा छन् ?
बेरोजगारहरुले वा पार्ट टाइममा काम गर्न खोज्नेहरुले हाम्रो विभिन्न पेशाका ७२ ओटा समूहहरु मध्ये कुनै पनि समूहमा आफ्नो नाम, गर्ने काम र शहरको नाम दर्ता गराई हाम्रो वेबसाइटमा लिस्टिंग गर्न सक्नु हुनेछ । आफुलाई आवश्यक पर्ने मान्छे जस्तै ; पोखरामा कोही मान्छेलाई टिउसन पढाउने मान्छेको खाँचो छ भने टिउसन पढाउने आईकनमा गई क्लिक गरि पोखरा भन्ने शहरमा क्लिक गरिसकेपछी टिउसन पढाउने मान्छेहरुलाई देख्न सकिने छ । पोखरामा बस्ने मान्छेले पोखरामा नै बस्ने मान्छेलाई खोज्न सक्नु हुनेछ र कुनै एउटा नयाँ समूह छ भने माइक्रोसोप्mट र्वडमा पुरा नाम, काम र नम्बर अनि शहरको नाम लेखेर पनि हामीलाई पठाउनु सक्नु हुनेछ । आगामी दिनहरुमा नँयानँया योजनाका साथ हामी आघि बढ्दै जानेछौँ ।

भबिष्यको योजना के के छन् ?
श्रीयोग डट कममा हामीले क्रमश ः नम्बर थप्दै गइरहेको छाँै । सम्पूर्ण शहरहरुबाट बेरोजगारीहरुको नम्बरलाई वेबसाइटमा राखिसकेपछी हामी लेनलाईन फोन राख्ने छौ । जस्तै ; बिराटनगरमा बस्ने मान्छेले कल गर्नु भयो प्लम्बर चाहियो भनेर, अब नजिकको जस्तै कन्चनबारीको मान्छे हुनुहुन्छ भने उहाको ठाउँ लोकसन, घर नं सोधी त्यो ठाउँबाट नजिकको मान्छेलाई खबर गरिदिने वा छिटो सर्भिस दिन्छाँै र आगामी दिनहरुमा मोबाइल एप्स बनाउने र नजिकको लोकेसनमा खाना बनाउने सर्भिस, ग्यास बनाउने सर्भिस र कुनै पनि चिजलाई छिटोछिटो सुबिधा वा सोचेको भरमै काम पु¥याउने जमर्को गर्नेछौँ ।

यसको कार्य क्षेत्र कहाँ कहाँ छ ?
हामीले बिराटनगर शहरबाट हाम्रो यात्रा सुरु गरेका हौँ । बिराटनगरको सम्पूर्ण कामलाई पुरा गरि सकेपछी बिस्तारै इटहरी, धरान, झापा, लहान, बुटवल, पोखरा, महेन्द्रनगर, धनगडी देखि काठमाडौँ सम्म नै साखा विस्तार हुने कुरा सम्पूर्णमा जानकारी गराउदछौं ।

भिजन ः
के तपाई बेरोजगार हुनुहुन्छ ?
समय पैसा हो, खेर नफालाँै ( रोजगार बनौँ )
तपाई जो कोहि सँग कुनै प्रकारको सीप जस्तै ; वाएरिंग गर्ने, कल गाड्ने, धारा बनाउने, टिउसन पढाउने, घर, झ्याल ढोका बनाउने देखि लिएर दुना, टपरी गाँस्ने, बाती काड्ने सम्मको सम्पूर्ण कामहरूलाई हामी हाम्रो वेबसाइटमा राखीरहेका छौँ, तपाई जो कोहि कुनै संघमा जस्तै ; इलेक्ट्रीसियन, इलेक्ट्रीक एसोसियन, टिउसन पढाउने, टिउसन सेन्टर आदिमा आबद्ध हुनुभएको छ भने संघको सम्पूर्ण नाम, काम र नंबर हाम्रो कार्यलायमा आइ वा हाम्रो वेबसाइटमा लग इन गरि तपाई लगायत संघको बिवरण भर्न सक्नु हुनेछ । यदी मोबाइल, इन्टरनेट नभएको खण्डमा अफिसको फोन नम्बरमा फोन गरि आफ्नो सीपको बिवरण भर्न सक्नु हुनेछ । यसको लागि कुनै शुल्क लाग्ने छैन । बिराटनगर भरिका सम्पूर्ण काम र नम्बरलाई लिस्टिंग गरि सकिएको बेहोरा अवगत गराउदैँ हाम्रो वेबसाइट लग इन गरि साथै फोन गरि हेर्न र बुझ्न सक्नु हुनेछ । हाम्रो यो वेबसाइट प्रकाश इन्फोसिश, बिराटनगरको मातहतमा संचालित २०७३÷
०६÷०१ मा स्थापना भई विस्तारै बिराटनगर देखि इटहरी, दमक, बिर्तामोड, लहान, नेपालगन्ज, बुटवल, सुर्खेत, धनगढी साथै पूर्व मेची देखि पश्चिम महाकाली सम्म नै विस्तार हुने योजनामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here