सनराईज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा शुरू

काठमाण्डौं मंसिर २७, २०७४ ।

सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १७ औँ शाखा रहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २(ख) का प्रदेशसभा सदस्य श्री शैलेन्द्र प्रसाद शाहज्यूले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि श्री विद्यानन्द चौधरीलाई पोइन्ट अफ सेल मेसिन श्री शैलेन्द्र प्रसाद शाह र बैंकको राजविराज शाखाका प्रवन्धक श्री रोहित कुमार महाशेठले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । साथै बैंकको राजविराज शाखाका प्रवन्धक श्री रोहित कुमार महाशेठले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १७ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ । साथै बैंकको उक्त शाखाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत छिन्नमस्ता भगवती मन्दिरमा २० के.जी. पित्तलको घन्टी प्रदान गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here