शरीरमा ग्लुकोजको मात्रा पत्ता लगाउने ओटो फोन नेपालमा

नेपाली मोबाईल बजारमा, मोबाईल फोनहरुमा हुने उत्कृष्ट श्रेणीको बिशेषताहरु ओटो फोन आएको छ । ओटो रियोमा रहेको विशेषताहरुले गर्दा  यस फोनलाई नेपाली उपभोक्ताहरुले अत्याधिक मन पराएका छन् ।

शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन फोनमा रहेको ग्लुको मिटरले मद्दत गर्दछ। ओटो चेकर ओटो फोन अन्तर्गतको पहिलो यस्तो नयाँ प्रकारको फोन हो । यसमा रहेको जस्तो थप विशेषताहरु अन्य मोबाईलहरुमा पाउन सकिँदैन । बायोल्यान्ड टेक्नोलोजिद्वारा सहनिर्माण गरिएको र यसमा रहेको बिशेष डिजाईनमा बनेको ग्लुको मिटरले शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मद्धत गर्दछ ।

कम्पनीका अनुसार संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि संघद्धारा यो मिटर प्रमाणित गरिएको छ। ग्लुकोजको मात्रा चेक गर्ने सुविधाका लागि विशेष किटको आवश्यक्ता पर्नेछ! जुन कम्पनीले फोन किन्दा ५ वटाको संख्यामा निशूल्क प्रदान गर्छ।

फोनमा रहेको अर्को पेडोमिटरले पैदल यात्रा गर्दा कति दुरी कति पाईलामा पार ग¥यो भन्ने जानकारी दिने गर्छ। तीन विभिन्न कलरहरुमा उपलब्ध यस फोनको मूल्य नेपाली बजारमा जम्मा ३ हजार ४ सय ९६ रुपैंयाँ निर्धारण गरिएको छ।

यसमा फेसबुक चलाउने उपभोक्ताहरुलाई लक्षित गरी डेडिकेटेड फेसबुक एपलिकेशन राखिएको छ । रेडियो र संगीत प्रेमिहरुका लागि यस मोबाइलले थप डेडिकेटेड के-पावर एम्प्लीफायर चिपसेट राखेको छ । यो फोन तीन विभिन्न कलरहरुमा उपलब्ध छ भने यसको तौल जम्मा ११९ ग्राम रहेको छ ।

ओटो फोनको लागि नेपालको एकमात्र आधिकारिक विक्रेता जयमा इन्टरकन्टिनेन्टल प्रालि हो । जेआईपिएलको मुख्य उद्देश्य भनेकै नविनतम र उत्कृष्ट उपकरण तथाउत्तम सेवाहरु सूपथ मुल्यमा उपभोक्तामाझ ल्याइपुराउनु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको मुख्य लक्ष्य नै सर्वसाधरण सामु उत्कृष्ट सेवा प्रदान गर्नु रहेको र काठमाण्डौंस्थित सिभिल मलमा दशैं, तिहार अघि सेवा केन्द्र सुचारु गर्ने लक्ष्य बोकेको जनाइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here