विश्वका पौने ४ करोड स्मार्टफोन ‘जुडी’ भाइरसको चपेटामा

एक रिपोर्ट अनुसार विश्वका करोडौँ स्मार्टफोनहरु एक नयाँ भाइरस ‘जुडी’ को चपेटामा पर्ने देखिएको छ । साइबर सुरक्षा सम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार ८५ लाख देखि ३ करोड ६५ लाख सम्म एन्ड्रोइड स्मार्टफोन जुडी मालवेयरको आक्रमणमा पर्ने खतरा छ ।

यो भाइरसले आफ्नो चपेटामा पारेका स्मार्टफोनहरुको माध्यमबाट विभिन्न विज्ञापनहरुमा ठूलो संख्यामा नक्कली क्लिक गर्दछ, ता की यस्ता एप बनाउनेहरुले क्लिकको आधारमा विज्ञापनदाताबाट रकम कमाउन सक्छन् ।जुडी एउटा आफै क्लिक हुने विज्ञापनरुपी भाइरस अर्थात् एयवेयर हो । कोरियाली कम्पनीद्वारा विकशित विभिन्न ४१ वटा एपमा यो मालवेयर पाइएको छ ।

अहिलेसम्म यो भाइरसको आक्रमणबाट कुन कुन देशका स्मार्टफोनहरु प्रभावित भएका छन् भन्ने चाहीँ खुलेको छैन । चेकप्वाइन्टको सिफारिसमा गुगलले प्ले स्टोरबाट यस्ता मालवेयरयुक्त एप्स हटाइदिएको छ ।

यसअघि यहीँ महिना वानाक्राई नामक फिरौती माग्ने भाइरसले विश्वका १ सय भन्दा धेरै देशमा हमला गरेको थियो । उक्त भाइरुसले रुस, बेलायत समेत कैयन् देशका कम्प्युटरलाई संक्रमित बनाएको थियो । उसले एक्स्पी जस्ता पूराना अपरेटिङ सिस्टमवाला कम्प्युटरलाई बढि निसाना बनाएको थियो ।

साइबर हमलाकारीले वानाक्राइको सहायताले कम्प्युटरका फाइल तथा डाटाहरुलाई लक गर्दथे । वानाक्राइको आक्रमणमा पर्ने कम्प्युटरको स्त्रिmनमा एक मेसेज लेखिएको हुन्थ्यो । जसमा साइबर हमलाकारीले लक गरिएका कम्प्युटर डाटालाई अनलक गर्न फिरौति माग गरेका हुन्थे ।

पछिल्लो विज्ञापन भाइरस जुडीले चाहीँ स्मार्टफोन प्रयोगकर्तालाई प्रत्यक्ष रुपमा कुनै आर्थिक नोक्सानी नपूराउने भएतापनि प्रयोगकर्ताको स्मार्टफोनमा इन्स्टल भएर एपहरुमा देखिने विज्ञापनहरुमा अनावश्यक रुपमा निरन्तर क्लिक गरिदिन्छ । यसबाट हमलाकारीले स्मार्टफोन प्रयोगकर्ताको नाम बेचेर अनुचित रुपमा विज्ञापनदाताबाट आर्थिक लाभ लिन पाउँछन् । एजेन्सी

२०७४ जेठ १६ गते २०:५२ मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here