लोकस प्रदर्शनी, २०१८- ‘स्मार्ट सिटी : सूचना, संचार तथा प्रबिधि

locus 2018 press release
logpoint employee

लोकस, ईन्जिनियरिङ् अध्धयन संस्था, पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्टि्रकल तथा इलेक्ट्रोनिकस ईन्जिनियरिङ् फ्याकल्टीको विद्यार्थी नाफारहित संगठन हो। हरेक वर्ष लोकसले विद्यार्थी माझ विभिन्न क्षमता अभिबृदि कार्यक्रम, प्रतिस्पर्धामुलक सफ्टवेयर, हार्डवेयर तथा इलेक्टि्रकल कार्यक्रम संचालन गरेर समग्रमा युवा सोचलाई समाजमा परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्ने माध्यमको रूपमा आफूलाई परिचित गराउदै आइरहेको छ।
लोकसले बर्षैभरि गर्ने विभिन्न कार्यक्रममा तिन दिने प्राबिधिक प्रदर्शनी पनि गर्दै आएको छ। यो राष्ट्रिय प्रदर्शनी बिध्यर्थिहरुद्वारा आयोजित सबैभन्दा ठूलो प्राविधिक प्रदर्शनीको रुपमा स्थापित हुन सफल रहेको छ भन्ने हाम्रो बिश्वास रहेको छ।सन् २००३ मा स्थापना भएको लोकसले आफ्नोतर्फबाट विद्यार्थी एवम् देशको आवश्यकता अनुसार हरेक साल विभिन्न कार्यक्रममार्फत चेतना, ज्ञान तथा इच्छुकलाई अवसर प्रदान गर्दै आएको छ।

professor subarna shakya

लोकसको तीनदिने प्रदर्शनीमा देशभरिका ईन्जिनियरिङ् कलेजका बिध्य्रर्थिहरुको सहभागिता हुने गरेको छ। बिद्यार्थीहरुको अविस्कारलाइ बजारसम्म पुर्याउने तथा आम जनमानसमा देश विकासका लागि प्रविधिको भूमिका बुझाउने काममा लोकस सफल हुदै आएको हाम्रो बुझाई छ।
लोकस-2018 ले यस वर्ष “स्मार्ट सिटि : सुचना, संचार तथा प्रविधि” मुख्य नारामा आधारित रहेर विभिन्न कार्यक्रम, सेमिनारहरु गरिरहेको छ।इनर्जी ह्यकथोन, विभिन्न व्यक्तित्वहरु सँग संवाद कार्यक्रम, चिल्ड्रेन इन टेकनोलोजी, टेक डिबेट, ड्रोनाचार्य, रोबोवार्ज जस्ता कार्यक्रमहरुका साथै लोकसले १५ औं प्राबिधिक प्रदर्शनी यहि माघ १९, २० र २१ मा आयोजना गर्न गइरहेको छ।

locus media coordinator

किन त स्मार्ट सिटि??
संविधानकाे कार्यान्वयन स्वरूप भएका तीनै तहका निर्वाचनपछि देश स्थायी शान्ति र आर्थिक विकासको मार्गमा लम्कदै गरेको अवस्था छ । विभिन्न राजनैतिक दल तथा उमेद्वारहरुले निर्वाचनमा उठाएका विकासका चाहानाहरु , चाहे त्यो रेल-मार्ग या फास्ट ट्याक होस्, या स्मार्ट सिटिका सपना नै किन नहुन् , यसमा सबैको लक्ष्य एउटै भएपनि दृष्टिकोण फरक फरक रहेको छ। स्मार्ट सिटि आफैमा अनुसन्धानलाई व्यबहारमा उतारेर निर्माण गरिएको सफा,सुन्दर तथा व्यवस्थित शहर हो। विभिन्न राजनैतिक दलहरुको स्मार्ट सिटी बनाउने लक्ष्यलाइ टेवा पुर्याउन सूचना, संचार र प्रविधिको माध्यमबाट स्मार्ट सिटीको परिकल्पना गरेर प्रदर्शनीमा राखिने छ। बिध्यर्थिहरुबाट आएका प्रोजेक्टहरु ब्यबहारिक रुपमा लागु गर्न सकियो भने देश बिकासमा मद्दत गर्ने हाम्रो मान्यता छ।
देशले दिगो विकास तर्फ पाइला सार्दै गर्दा यही देशका युवाले नयाँ सोच, नयाँ चेतना एवम् प्राविधिक ज्ञानलाई दिगो विकासको आधार मानेर अगाडि बढ्नु आवश्यक छ। लोकस ले यस वर्ष निकै चर्चामा आएको विषय स्मार्ट सिटिलाई आफ्नो विषय बनाएर आफू चर्चामा आउनु भन्दा पनि प्राविधिक क्षेत्रमा संलग्न सम्पूर्ण युवालाई आफ्नो कर्तव्यबोध गराउने चाहना बोकेको छ। प्रविधिको विकास नयाँ सोच बोकेका युवाहरुबाट नै हुन्छ र यिनै सोचलाई दैनिक जीवनमा ढाल्नका लागि लोकस ले यो वर्ष सो कार्यक्रमको आयोजना गर्दैछ।
हामीले यस वर्षको प्रदर्शनीको मुख्य नारालाई ३ भागमा विभाजन गरेका छौं।
प्राविधिक पुर्वाधार:
यस अन्तर्गत संचारका साधन, ट्राफिक व्यवस्थापन सिस्टम्, फोहोर संकलन तथा व्यवस्थापन, पानी वितरण, बिद्धुत व्यवस्थापन, अभिनव केन्द्र र अन्य पुर्वाधार पर्दछन्।

वैकल्पिक ऊर्जा:
नेपालमा एक समय यस्तो थियो कि लोडसेडिङ दिनमा २०-२१ घन्टाका लागि हुन्थ्यो। तर अहिले त्यो माहोल फेरिएको छ। यो वैकल्पिक ऊर्जा एवम् बिद्धुत व्यवस्थापनको कारण हो। तर खोज कहिले पनि सिमित हुदैन, स्मार्ट सिटिको सपनामा वैकल्पिक ऊर्जाले निकै ठूलो भुमिका खेल्छ।
यस अन्तर्गत सोलार, वायु, जलविद्युतको सहज उपयोगले वातावरणमा पुग्ने हानि न्युनिकरण गरेर स्वच्छ तथा उज्ज्वल समाजको विकास गरिन्छ।

अनलाइन सर्भिस:
२१ औं शताब्दीमा हरेक काम अनलाइन हुन्छ, त्यसैले स्मार्ट सिटिमा सो सुविधाको व्यवस्था र सहि उपयोग हुन आवश्यक छ। विश्वमा मेल खाने समाज निर्माणका लागि अनलाइन सर्भिसको अतुलनीय सम्बन्ध हुन्छ। यस अन्तर्गत अनलाइन स्कुल, बिजनेस, बैंकिङ, गभर्नेन्स, सपिङ्ग, भोटिङ, पर्दछ।

नेपाल अहिले विकासको ढोका खोल्ने खोजीमा छ र त्यसका लागि नयाँ सोचको प्रमुख आवश्यकता छ। यही सोचको विकास र अवसर प्रदान गर्ने अठोटका साथ लोकस 2018 ले निम्नलिखित कार्यक्रम गरेको छ।
ड्रोनाचार्य : यस कार्यक्रमको शीर्षक दुई शब्द – “ड्रोन + आचार्य” बाट आएको हो यसको शाब्दिक अर्थ ड्रोन(बिना मानिस हावामा उडाउने साधन) उडाउन सिपालु हो। यस प्रतियोगितामा भाग लिन प्रतियोगि आफैंले ड्रोन निर्माण गर्ने छन। आफ्नो ड्रोनलाई कन्ट्रोल गरेर विभिन्न चुनौती पार गर्दै अन्तय रेखामा पुगन सफल हुने विजय घोषित हुनेछन्।यो कार्यक्रम माध १९ र २१ गते हुनेछ।

रोबो वार्ज : यस कार्यक्रममा दुई रोबर्ट बिच कुस्ती हुन्छ। यस प्रतियोगितामा भाग लिन प्रतियोगि आफैंले रोबर्ट निर्माण गर्ने छन। आफ्नो रोबर्टलाई कन्ट्रोल गरेर आफ्नो प्रतिद्वन्द्वीको रोबर्टलाई निर्धारित घेराबाट हटाउदै अन्तयमा आफ्नो रोबर्ट घेरा भित्र राख्न सफललाई विजयी घोषणा गरिनेछ। यो कार्यक्रम माध २० र २१ गते हुनेछ।

इनर्जी ह्याकथन : इनर्जी ह्याकथन लोकस 2018 द्वारा आयोजीत एक पूर्व कार्यक्रम हो। ५ दिन सम्म चल्ने यो कार्यक्रममा भाग लिएका टोलीले नेपाल सम्बन्धित ऊर्जाका समस्य र विशेषज्ञको सहयोगमा यस्ता समस्यको समाधान निकालेर त्यसको प्रस्तुति दीइएको थियो ।
यस वर्षका वर्गहरु निम्न थिय :
बैकल्पिक उर्जा
उर्जा प्रभाब्शालिता
माग उन्मुख ब्यबस्थापन
यस कार्यक्रमले बिद्यार्थीलाई विश्वका समस्याको ज्ञान, यस क्षेत्रका विशेषज्ञ तथा आफू जस्तो सोच भएका अन्य बिद्यार्थीसँग भेट हुने अवसर दिन्छ र साथै देशको समस्याको समाधान पनि दिन्छ। यो कार्यक्रम माध ७-११ गते सुसम्पन्न भएको थियो।

विभिन्न व्यक्तित्वहरु सँग संवाद कार्यक्रम :
लोकसले आयोजना गरेको पूर्व कार्यक्रम मध्य एक संवाद कार्यक्रममा प्राय: शीर्षक विज्ञान, प्रविधि, उद्यमशीलता, व्यावसायिकता, अनुसन्धान पद्धति हुन्छन्। यो वर्षको कार्यक्रममा वक्ताको भूमिकामा प्रो. डा. रबिन्द्र सापकोटा (नास्ट) का वैज्ञानिकले “बायो डिजेल एन्ड वेस्ट म्यानेजमेन्ट” शीर्षकमा आफ्नो संवाद दिनु भएको थियो भने प्रो. डा. टोड कोलेग्रुभ (नेभाडा विश्वविद्यालय) ले “मेकर्स इसपेस एन्ड 3D प्रिन्टिङ” शीर्षकमा बोलेका थिए।
यस कार्यक्रमका बिद्यार्थीहरूले अनुभवी व्यक्तिका कुरा सुनेर नयाँ विषयको ज्ञान लिने मौका पाए।

टेक डिबेट:
लोकसले आयोजना गरेको पूर्व कार्यक्रम मध्य एक टेक डिबेट हो। ३ दिन लामो यो प्रतियोगिताले विभिन्न तहका वादविवादमा भाग लिन इच्छुकलाई अवसर प्रदन गरेको थियो। सो कार्यक्रम बि.पि (British Parliamentary Format )फर्म्याटमा भएको थियो।
यो कार्यक्रम ६-८ माधमा सम्पन्न भएको थियो।

चिल्ड्रेन इन टेकनोलोजी:
यो लोकस द्वारा सुरु गरिएको एक सामाजिक पहल हो र यसमा पुलचोक का बिद्यार्थीले अहिलेको प्राविधिक ज्ञानलाई माध्यमिक एवम् उच्चमाध्यमिक तहका बिद्यार्थी सम्म पुरयाउने काम गरिन्छ।यो कार्यक्रम उपत्यकाका एक दर्जन जति स्कुल तथा कलेजहरुमा संचालन भएको थियो।

जेरोन म्यागजिन र स्कोलर प्रकाशन :
जेरोन भनेको लोकस को अन्तर्गत प्रकाशन हुने प्राविधिक म्याग्जिन हो। यसमा प्राविधिक खोज, विकास तथा नयाँ सोच प्रकाशन हुन्छ। यो म्याग्जिन बाहेक लोकस ले IEEE Nepal Subsection को सहयोगमा जेरोन स्कोलर, बिद्यार्थीको जर्नल, पनि प्रकाशन गर्छ।

फोटोग्राफी प्रतियोगिता : यो कार्यक्रमद्वारा हामी फोटोग्राफरलाई यो संसारलाई आफ्नो आखाले निहालने प्रोत्साहन दिन्छौं। यो ४ औं संस्करण सम्पूर्ण फोटोग्राफी प्रेमि लाई लोकस को मुख्य ३ दिन हुने यस प्रतियोगितामा भाग लिएर आफ्नो प्रतिभा देखाउन अनुरोध गर्दैछौं। यसका लागि फोटोग्राफी वर्कसप माध ७ – १० गते भएको थियो।

सफ्टवेरसम्बन्धि कार्यक्रमहरु: लोकस २०१८ ले सफ्टवेरसम्बन्धि केहि कार्यक्रमहरु गरिसकेको छ भने बाकि केहि हुने क्रमममा छ। एक हप्तामा उपयोगी सफ्टवेर बनाउनु पर्ने ह्याक-आ-विक सफल रुपमा सम्पन्न भैसकेको छ भने बिद्यार्थीहरुको क्षमता बिकास गर्न मद्दत पुराउने कोड क्याम्प र कोड जाम हुन बाकि रहेको छ।

तालिम तथा वर्कशपहरु: विद्यार्थीहरुको प्राबिधिक ज्ञानलाई निखार्नको लागि समय समयमा विभिन्न तालिम तथा वर्कशपहरु संचालन भैरहेको छ। लोकस २०१८ ले गराएको केहि वर्कशपहरुमा डिजाइन वर्कशप, गिट वर्कशप, फोटोग्राफी वर्कशप, रोबोटिक्स क्र्यस्कोर्स पर्दछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here