लक्ष्मी बैंक र क्लियरिङ हाउबीच  विद्युतिय सम्झौता

काठमाडौं । 

विद्युतिय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी बैंक र नेपाल क्लियरिङ हाउसबिच हस्ताक्षर भएको छ ।क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह र बैंकका प्रमुख कार्यकारी अधिकृत भुबल राईले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार क्लियरिङ्ग हाउसले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसिएचएल आईपिएस प्रणाली उपलब्ध गराउने छ । एनसिएचएल आईपिएस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु सञ्चालन गर्न सक्छन् ।

हलसम्म एनसिएचएल आईपिएस प्रणाली लिने बैंक तथा वित्तीय संस्थाहरुको संख्या २९ पुगेका छन् ।