राजधानीमा सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन सम्पन्न

काठमाडौं, साउन। राजधानीमा सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन सम्पन्न भएको छ।युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्तरुपमा सूचना प्रविधि सम्मेलन गरेका हुन् । विश्वभर विकसित हुँदै गएको सूचना प्रविधि नेपाली जनताको दैनिक जीवनसँग उपयोगी कसरी बनाउन सकिन्छ भन्ने सन्र्दभमा केन्द्रीत भएर सम्मेलन आयोजना गरिएको हो।

IT4D Conference Nepal ICT4D Conference शनिबार र आइतबार दुई दिनसम्म चलेको सम्मेलनमा सूचना र प्रविधिको क्षेत्रमा काम गर्दे आएका विभिन्न देशका सय बढी प्रतिनिधि सहभागी थिए।सम्मेलन अवधिभरि नेपाल र विश्वको सूचना प्रविधि र इलर्निङ सम्बन्धी १६ कार्यपत्रमाथि छलफल गरिने सम्मेलन संयोजक सुरेन्द्र अधिकारीले जानकारी दिए । सम्मेलनमा सहभागी विज्ञले बदलिँदो प्रविधि सफ्टवेयर जनमैत्री हुनुपर्ने बताएका छन्।

सोही अवसरमा सामाजिक अभियानकर्मी महावीर पुनले नेपाललाई सूचना प्रविधिमा विकास गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न लागिएकाले त्यसका लागि सहयोग गर्न आगह गरे। म्यागासेसे पुरस्कार विजेता पुन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप जनताबाटै ५० करोड रूपैयाँ सहयोग जुटाउने अभियानमा छन् ।

डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष डा रूद्र पाण्डेले नेपालका हरेक गाउँ गाउँमा इन्टरनेटको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा समेत सम्मेलनमा छलफल गरिने बताए। रासस