क्यान इन्फोटेक भब्यताका साथ सम्पन्न,३ लाख ६३ हजार ४ सय ५६ जनाद्वारा इन्फोटेक अवलोकन

काठमाडौं ।

मुलुकको संक्रमणकालिन अवस्थाका बावजुद पनि क्यान इन्फोटेक भब्यताका साथ सम्पन्न बिशिष्ट व्यक्तित्वहरुको उत्साहजनक सहभागिता ३ लाख ६३ हजार ४ सय ५६ जनाद्वारा इन्फोटेक अवलोकन.

भूकम्प र देशको पछिल्लो संक्रमणकालिन परिस्थितिका बावजुद पनि यस वर्षको क्यान इन्फोटेक विगतमा भन्दा भब्यताका साथ सम्पन्न भएको छ । आम सर्वसाधारणको दैनिक जनजिवन नै प्रभावित भैरहेको बेला ईन्फोटेकमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिताले सूचना प्रविधिप्रति आम सर्वसाधारणको चासो र जिज्ञासा बढेको आभास हुन्छ ।

सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएन नेपाल महासंघद्वारा आयोजित ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’को गत माघ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्धघाटन गर्नुभएको थियो ।

प्रदर्शनीको आज अन्तिम दिन पनि अवलोकनकर्ताहरुको उत्तिकै उत्साह र सहभागिता रह्यो । आज मात्रै ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख ६३ हजार ४ सय ५६ जनाले इन्फोटेकको अवलोकन गरेका छन ।

यस पटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको पायौ । यसले आम नेपालीमा सूचना प्रविधिको पंहुच विस्तार र नीति निर्माणमा योगदान पु¥याउने छ भन्ने कुरामा हामी आशावादी छौ ।

यस पटकको प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षामन्त्री भिम रावल, सूचना तथा संचार मन्त्री शेरधन राई, जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान, विज्ञान प्रविधि मन्त्री शिवलाल थापा, सामान्य प्रशासनमन्त्री रेखा शाह, प्रधानन्यायधिस कल्याण श्रेष्ठ, मुख्य सचिव डा. सोमलाल सुबेदी, पुनरावेदन अदालत पाटनका मुख्य न्यायधिस डा. आनन्दनाथ भट्टराई, पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री राधाकृष्ण मैनाली, एमाले नेताहरु प्रदिप ज्ञवाली र शंकर पोखरेल, नेता अमृत बोहोरा, एमाले सांसद पशुपति चौलागाई, एमाओवादी नेता कृष्ण बहादुर महरा र लोकेन्द्र विष्ट मगर, गायक प्रमोद खरेल, अभिनेत्री प्रियंका कार्की लगायतले इन्फोटेकको अवलोकन गर्नुभयो ।

अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उहाँहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले हामीलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको छ । इ–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो ठम्याई छ ।

ईन्फोटेक मार्फत थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइ जडित बिशेष क्यामेरा, ड्रोन्स र रेकर्डरहरु, पावर बैंक, स्मार्ट वाच, इको बिजुली बल्ब, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

बुलगार्डको ईन्टरनेट सेक्युरिटी, एण्टिभाइरस तथा मोबाइल सेक्युरिटी, स्वस्तिक डिष्ट्रिब्युटसको विभिन्न फिचरजडित सिसिटिभीहरु तथा आइपी वेश डोर एक्सिस कन्ट्रोल सिष्टमले अवलोकनकर्ताहरुको नजरमा प¥यो । ईन्फोटेकमा सहभागि कम्पनीहरुले ल्याएको छुट तथा अफरले अवलोकनकर्ताहरुलाई आकर्षित गर्नुका साथै यसले अवलोकनकर्ताहरुलाई केही राहत अनुभूति दिलाएको छ ।

सदा झै यो वर्ष पनि ईन्फोटेकस्थलमा नेपाल रेडक्रस सोसाइटी सितापाइला र गोदावरी जेसिजले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१५ पिन्ट रगत संकलन भएको छ । नेपालमा एउटै कार्याक्रमबाट सवैभन्दा बढी रगत संकलन भएको यो पहिलो पटक भएको कार्यक्रमका संयोजक पुष्पा स्थापितले जानकारी दिनुभयो ।

क्यान ईन्फोटेकको यस २२ औं संस्करणको शिर्ष प्रायोजन सुबिसु केबलनेट, एशोसिएट स्पोन्सर हुवावे मोबाइल, प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– वल्र्ड लिङ्क तथा आईटेल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर र स्टार अफिस ईन्टरनेशनल र प्रिन्ट स्पोन्सरमा– क्यानन् बाई आई. ई. सि. रहेका थिए ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका थिए ।

अन्त्यमा, क्यान ईन्फोटेकको २२ संस्करणसम्म आईपुग्दा हामीले थुप्रै सल्लाह, सुझाव र प्रतिक्रियाहरु प््रााप्त गरेका छौ । यी अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाहरुलाई हृदयदेखि नै मनन गर्दै आगामी दिनमा अझ प्रभावकारी तवरले कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ ।

यस पटकको ईन्फोेटेकलाई सभ्य, भब्य र मर्यादित बनाउनका लागि साथ दिनु हुने सम्पूर्ण स्पोन्सरहरु, स्वयंसेवक मित्रहरु, न्यानो समन्वय गर्नु भएका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, ईन्फोटेक अवलोकन गरी महत्वपूर्ण सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनु हुने बिशिष्ट व्यक्तित्व तथा सर्वसाधारणहरु, हाम्रो यस अभियानमा साथ दिनु हुने सम्पूर्ण संचारकर्मी मित्रहरु लगायत सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य र समन्वयको अपेक्षा गर्दछौ ।