मालवेयरको उच्च खतरा भएका देशमा नेपाल चौथो स्थानमा, माइक्रोसफ्टको रिपोर्ट

माइक्रोसफ्टको रिपोर्ट : मालवेयरको उच्च खतरा भएका देशमा नेपाल चौथो स्थानमा माइक्रोसफ्टले सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा सबैभन्दा बढी मालवेयर इन्फेक्सन हुने देशमा नेपाल चौथो स्थानमा रहेको तथ्य आएको छ । 

Malware Infection rate in Nepal

मालवेयर इन्फेक्सनको उच्च खतरा भएका विश्वका टप ५० देशहरुको अध्ययनमा शीर्ष १९ देशमध्ये १७ देशहरु एसियाका परेका छन् । पाकिस्तान सबैभन्दा उच्च जोखिम हुने देशमा परेको छ । इन्डोनेसिया र बंगलादेश क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । भारत आठौं स्थानमा रहेको छ भने चीन चौधौं स्थानमा रहेको छ । यी देशहरुमा औसतामा ४० प्रतिशतभन्दा बढी कम्प्युटरहरु भाइरसको चपेटमा रहेका छन् । विश्वको औसत भने २०.८ प्रतिशत रहेको छ । सन् २०१५ मा यो १७.६ प्रतिशत रहेको थियो । माइक्रोसफ्ट प्रोटेक्सन सेन्टर (एमएमपीसी) र माइक्रोसफ्ट सेक्युरिटी इन्टिलिजेन्स रिपोर्टको आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । कम्प्युटरमा सबैभन्दा बढी देखिएका भाइरसमा Gamarue, Trojans Peal र Skeeyah रहेका छन् ।

By Ranjit Tech Nepal