मार्क जुकरवर्ग नै एमालेमा प्रवेश !

काठमाडौ । तपाईलाई अचम्म लाग्न सक्छ सामाजिक संजालका प्रमुख मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरे भन्दा । उनी प्रवेश गरेको आधिकारिकता पुस्टि गर्ने पनि एमाले सचिव योगेश भट्टराई र्नै हुन । पार्टीका प्रचार बिभाग प्रमुखले सार्बजनिक रुपमा नै बोलेको कुरालाई आधिकारिकता नमानी पनि सुखै छैन ।

तर सोमबार सो पार्टीको प्रचार बिभागले आयोजना गरेको नियमिति पत्रकार भेटघाटको मौका छोप्दै उनले जुकरवर्ग एमाले प्रवेश गरेको कुरालाई बेग्लै अर्थमा अर्थ लगाए । उनका अनुसार अवको तीन दिन सामाजिक संजाल लगायतका माध्यमा एमालेका प्रचार हावी हुने सन्दर्भमा उनको यस्तो घोषणा थियो । ‘अव प्रचारमा हामी हावी हुन्छौ,सामाजिक संजालमा हामी हुन्छौ त्यो देखेर कतिपयले भन्ने छन जुकरवर्ग पनि एमाले प्रवेश गरेछन कि के हो? कतिपयले त जुकरवर्ग आफै एमाले रहेछ भन्न पनि सक्छन’उनले भने ।

वर्तमान सरकारलाई आईसियुमा भएको र एअर एम्बुलेन्स चढ्न तयार भएको दावी उनले गरे । यो सरकार आईसियुमा छ, यसलाई बचाउन अनेक प्रयत्न भईरहेका छन, जति गरेपनि यो बाँंच्नेवाल छैन, जेठ १ गते यो एआर एम्बुलेन्स चढ्छ’ उनले भने गच्छदारको पार्टी सरकारमा जानुलाई सरकार बचाउने असफल प्रयास भएको उनले टिप्पणी गरे। जेठ १ गते यो सरकार जान्छ, दोस्रो चरणको निर्वाचन एमालेले गराउनु पर्ने अवस्था आउछ , तपाईहरुलाई म आज यति मात्र भन्छु उनले भने ।

साभार: नेपाल पाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here