मानसिक स्वास्थ्यका लागि यु ट्युब उत्तम, इन्स्टाग्राम खतरनाक

फोटो शेयरिङ एप इन्स्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यको मामिलामा सबैभन्दा खतरनाक सोशल मिडिया प्लाटर्फम बनेको छ ।

बेलायतमा गरिएको एक सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो, जसमा १४ देखि २४ वर्ष उमेरका १४७९ जना किशोरकिशोरी र युवायुवतीहरुलाई सहभागि गराइएको थियो ।
सहभागीले दिएको अंक विश्लेषण गर्दा निकै गम्भीर परिदृश्य देखियो । सर्भेको नतिजालाई दृष्टिगत गरी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने एक संस्थाले सोसल मिडिया प्रयोगकर्ताहरुलाई मानसिक स्वास्थ्इमा असर पार्ने खालका सामाग्रीहरुबाट बचाउन अपिल गरेको छ ।सहभागीहरुलाई पाँचवटा लोकपि्रय सोशल मिडिया प्लाटर्फमको विकल्प दिइएको थियो । हरेक प्लेटर्फमका लागि बेचैनी, डिप्रेसन, एक्लोपन, खुट्टा फट्याउने तथा बडी इमेज शीर्षकमा छुट्टा छ्ट्टै अंक दिन लगाइएको थियो ।

बेलायतको द रोयल सोसाइटी फर पब्लिक हेल्थले भनेको छ की यी सोशल मिडिया प्लाटर्फमहरुले मानिसक समस्यासँग जुझिरहेका प्रयोगकर्ताको पहिचान गर्नु आवश्यक छ । उसका अनुसार सोसल मिडिया स्वयं एक गम्भीर मानसिक समस्याको कारक बन्न सक्दछ ।

करबी ९० प्रतिशत युवायुवतीले सोसल मिडिया प्रयोग गर्ने गरेका छन् । त्यसैले त्यसको खतरा युवावर्गमै धेरै हुन्छ ।

यु ट्युब सबैभन्दा सकारात्मक

उक्त अनलाइन सर्भेमा मानिसहरुलाई फेसबुक, टि्वटर, युटु्युब, इन्स्टाग्राम तथा स्न्यापच्याटले मानिसक स्वास्थ्यमा पार्ने असरको बारेमा सोधिएको थियो । मानिसहरुलाई स्वास्थ्यसँग सम्बन्धित विभिन्न १४ वटा प्रश्न सोधिएको थियो ।

त्यसक्रममा मानिसहरुले यु ट्युबलाई सबैभन्दा सकारात्मक प्लेटर्फम मानेका छन् । उनीहरुका अनुसार यु ट्युबले मानिसक स्वास्थ्यमा सबैभन्दा कम नकारात्मक असर पार्दछ । यु ट्युबपछि सकारात्मक प्ल्ेटर्फमको रुपमा टि्वटर र त्यसपछि फेसबुक रहेको छ ।

सोसल मिडिया प्रयोगकर्ताहरुले इन्स्टाग्राम तथा स्नापच्याटलाई सबैभन्दा खराब मानेका छन् । दुबै सोसल साइटहरु फोटो केन्दि्रत हुन्छन् । त्यसैले ती प्लेटर्फमले युवावर्गलाई बेचैन बनाउने तथा हीन भावना जागृत गराएर डिप्रेसनमा पूराउन सक्ने जोखिम रहन्छ ।

यो सर्भेको नतिजालाई मध्यनजर गरी स्वास्थ्य विशेषज्ञहरुले सोसल मिडिया प्लेटर्फमहरुलाई केही कदम उठाउन सुझाव दिएका छन् ः

  • जब कुनै मानिसले लामो समयसम्म सोसल साइटको प्रयोग गर्यो भने एक चेतावनीयुक्त पप अप देखाइदिने व्यवस्था गर्ने । जसलाई देखेर प्रइोगकर्ताले तत्कालका लागि सोसल मिडियाबाट बाहिरियोस् ।
  • मानसिक समस्यावाला प्रयोगकर्तालाई पहिचान गर्ने र मानिसक स्वास्थ्इका लागि सहयोग मिल्ने ठाउँहरुको बारमेा जानकारी गराउने ।
  • डिजिटल तरिकाले तोडमोड गरिने तस्वीर पहिचान गर्नका लागि एक आइकन बनाइदिने । जसबाट सोसल मिडिया प्रयोगकर्ताले त्यो तस्वीर सक्कली होइन भन्ने थाहा पाइहालोस् । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here