अब बिल गेट्सले महिलाहरुका लागि कण्डम बनाउने

काठमाडौं ।  

छाला सँगै मिल्दोजुल्दो पदार्थबाट तयार गरिने कण्डम तथा अन्य गर्भनिरोधक साधनहरुले आगामी वर्षहरुमा ठूलै तहल्का मच्चाउने अनुमान गरिएको छ । यस्तो प्रकारको कण्डम तथा गर्भनिरोधक साधन परिवार नियोजनमा महिलाहरुको भूमिका सुनिश्चित गर्नमा निकै सहयोगी सावित हुने विश्वास गरिएको छ ।

माइक्रोसफ्टका संस्थापक तथा पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा समेत आफ्नो फाउण्डेसनमार्फत आर्थिक दान गरिरहेका विश्वका नम्बर एक अर्वपति विल गेट्सका अनुसार उनको फाउण्डेसनले यस्तो विशेष गर्भनिरोधक उत्पादनमा काम गरिरहेको छ । बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसनले यस्तो गर्भनिरोधक सामाग्री उत्पादनमा काम गरिरहेको परियोजनामा आर्थिक सहयोग गरिरहेको बताइएको छ ।

अर्को वर्षसम्म उक्त महत्वपूर्ण परियोजनाले सार्थक रुप पाउने र बजारमा महिला गर्भनिरोधक पातलो कण्डम तथा अन्य विशेष गर्भनिरोधक सामाग्री समेत आउने विश्वास गरिएको छ । फाउण्डेसनका अनुसार अहिले यस्तो परियोजनामा काम भैरहेको छ जसले महिलाहरुलाई थप यौन तथा प्रजनन अधिकारका साथै प्रसस्त विकल्प समेत प्रदान गर्नेछ ।

मिलिण्डाका अनुसार उनको फाउण्डेसनले महिलाका लागि कण्डमसँगै अन्य विभिन्न गर्भनिरोधक प्रविधिको आविष्कारमा समेत काम गरिरहेको छ । गर्भनिरोधकको त्यस्तो विशष साधन महिलाले आफ्नो गुप्तांगमा प्रयोग गर्न सक्ने र त्यो परिवार नियोजनका लागि समेत काम लाग्नेछ ।