बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न

सहयोगी हृदय नेपालको आयोजनामा बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न

सहयोगी हृदय नेपालको आयोजनामा १ दिने समुदाय तथा बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । लागू औषध दुव्र्यसनी बिरुद्ध, टाफिक नियम पालन र साइवर अपराध एवं सुरक्षबारे को जानकारी सम्बन्धित विज्ञहरुले कार्यक्रममार्फत बिद्यार्थीहरुलाई दिएका थिए ।  जनचेतनामुलक कार्यक्रममा आधा दर्जन बिद्यालयका ५०० भन्दा बढी बिद्यार्थीहरु सहभागी थिए ।

जनचेतनामूलक कार्यक्रममा बोल्दै डिआइजी सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउने व्यवस्था ल्याएको बताए ।  सभ्य समाजका लागि बिद्यालयस्तरबाट सभ्य पहिचान आम नागरिकमा दिन टाफिक प्रहरीले यो अभियान ल्याएको र  त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको खनाले कार्यक्रमार्फत जानकारी दिए।

स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे।

कतै यात्रा गर्दा सार्वजनिक बसमा बढी भाडा लिएमा, ट्याक्सीले मिटरमा जान नमाने, बढी पैसा मागेमा, चालक, खलासीले दुव्र्यवहार गरेमा तपाईहरु तुरुन्त हाम्रो हटलाइन १०३ मा फोन गरेर गुनासो गरे उनीहरुलाई कारबाही हुन्छु, उनले भने।

बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख उमादेवी राईले देशका उत्पादनशील युवा कुलतमा फस्दा देशको भविष्यमा खतरा हुने भएकाले विद्यालयस्तरबाटै विद्यार्थीलाई सही मार्गदर्शन हुनुपर्नेमा जोड दिए।

गृहमन्त्रायलका लागुऔषध नियन्त्रण इकाइका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले आफ्ना छोराछोरीलाई कुलतबाट बचाउनका लागि अभिभावकले छोराछोरीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताए। उनले मन्त्रालयले देशभरका विद्यालयका बालबालिकालाई लागुऔषधबारे जानकारी गराउँदै आएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here