फेसबुक लाइभ अब डेस्कटप र ल्यापटपमा

लाइभ प्रसारण

अब आफ्नो डेस्कटप तथा ल्यापटपको माध्यमबाट फेसबुक प्रयोगकर्ताहरुले लाइभ प्रशारण गर्न सक्नेछन् । यसका लागि कम्प्युटरमा केवल वेबक्याम हुनु जरुरी हुनेछ । बुुधबार फेसबुकले आफ्नो एक ब्लगमार्फत यस्तो जानकारी दिएको हो । ब्लगमा लेखिएको छ की डेस्कटपबाट फेसबुक लाइभ गर्ने सुविधा पहिले केवल फेसबुक पेज हुनेहरुका लागि मात्र उपलब्ध थियो, तर अब जुन सुकै प्रयोगकर्ताले डेस्कटपबाट फेसबुकमा लाइभ गर्न सक्छन् । जसका लागि स्टाटस अपडेट कम्पोजरमा रहेको लाइभ बटनमा क्लिन गर्नुपर्नेछ ।

यसका साथै फेसबुकले अर्को नयाँ फिचर पनि थप गरेको छ जसबाट स्ट्रिमिंग सफ्टवेयर वा कुनै अन्य एक्सटर्नल सफ्टवेयरको मद्धतबाट लाइभ हुने सुविधा पनि रहनेछ । फेसबुकले पोष्टमा लेखेको छः यस अपडेटबाट प्रयोगकर्ताले आफ्नो फेसबुक लाइभ भिडियोमा स्क्रिन शेयर गर्न सक्नेछन्, ग्राफिक्स थप गर्न सक्नेछन, क्यामरा स्विचर गर्न सक्नेछन् वा प्रोफेसनल उपकरणको प्रयोग गर्न सक्नेछन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here