फेसबुकमा अब धेरै भाषाको प्रयोग गर्न सकिने

सोसल नेटवर्किंग साइट फेसबुकमा अब छिटै विभिन्न ४५ भाषामा पोष्ट गर्न सकिनेछ ।समाचार अनुसार फेसबुकले यस्तो एक सफ्टवेयर विकशित गरिरहेको छ जसको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्ना पोष्टहरु दुनियाका विभिन्न भाषामा अनुवाद गर्न सक्दछन् । सो सफ्टवेयरबाट हामीले गरेको पोष्टलाई कुनैपनि व्यक्तिको ईच्छा अनुसारको भाषामा देखाइदिनेछ । फेसबुकको उक्त सफ्टवेयरको सबैभन्दा विशेष कुरा यो हो की केवल आफ्नो कुनैपनि भाषामा पोष्ट गरे पुग्छ ।

त्यसपछि उक्त पोष्टलाई दिइएका ४५ भाषामध्ये जुनसुकैमा अनुवाद गर्न सकिन्छ । उक्त सूचिमा फ्रेन्च देखि लिएर लिथुआनियन तथा फिलिपिनो जस्ता भाषा समेत सामेल छन् । फेसबुकले हाल यो फिचरलाई केही मात्र प्रयोगकर्तामा परीक्षण गरिरहेको छ ।अहिलेसम्म केवल बिजनेस पेजहरुले मात्र यो फिचर उपयोग गरेकोमा अब छिटै अरु सबै प्रयोगकर्तालाई फेसबुकले यो सर्भिस उपलब्ध गराउने बताइएको छ ।अहिलेसम्म ५ हजार फेसबुक पेजद्धारा यो फिचरको उपयोग भएको बताइएको छ।