फेसबुकबाट हुनुस यसरी मालामाल

काठमाडौं । 

फेसबुक चलाउनु हुन्छ ? फेसबुकमै रमाउनु हुन्छ ? अनि लामो समय फेसबुकमै बिताउनु हुन्छ ?

यदी तपाईको उत्तर ‘यस’ हो भने यो समाचार तपाईका लागि निकै उपयोगी हुने वाला छ। तर तपाई यसमा एक्लो भने हुनु हुन्न। तपाई मात्र मात्र होइन विश्वभरका करौडौं मानिसले पनि यसै गर्दछन्। तर तपाईलाई थाहा छ ? तपाईले दिनहौं घण्टौ समय बिताउने फेसबुकबाट तपाईले पैसा पनि मनग्य कमाउने सक्ने फिचर फेसबुकले थपेको छ। झट्टा सुन्दा तपाईले विश्वास नलाग्न सक्छ। तर यो साँचो हो।

तपाईले फेसबुकमा भिडियो त हेर्नै गर्नु भएकै होला ? तपाईहरु मध्ये कतिपयले त भिडियो पनि आफै अपलोड गर्नु हुन्छ होला। हो फेसबुकले तपाईले अपलोड गरेको भीडियोको तपाईलाई पैसा दिने भएको छ। फेसबुकले सजेस्टेड भीडिय फिड लञ्च गर्दैछ जहाँ भिडियो क्लिपहरु तपाईको प्रोफाइलको साइडबारमा देखिनेछ। हाल यो फिचर फेसबुकले अमेरिकी आईफोन प्रयोगकर्ताबीच परिक्षण गर्दैछ।

तपाईले अपलोड गरेको भीडियोको पैसा उक्त भीडियो हेरिएको आधारमा जम्मा हुन्छ। यसरी जम्मा भएको पैसा मध्ये ४५ प्रतिशत फेसबुक आफैले राख्ने छ । फेसबुकमा हाल दैनिक ४ बिलियन भीडियो भ्युज छ जुन यो घोषणासंगै बढ्ने निश्चित छ। फेसबुकले पछिल्लो समयमा युट्युबलाई नै पछी पार्ने संभावना बढेको जानकारहरुले बताउन थालेका छन्। सन २०१४ को डिसेम्वरमा फेसबुकले युट्युबलाई भीडियो भ्युजमा पहिलोपटक जितेको थियो।

चर्चित टेलिभिजन च्यालन एचबिओले त आफ्ना केही कार्यक्रमहरु फेसबुकमा स्ट्रिम गर्ने घोषणा अघिल्लो महिना गरिसकेको छ। फेसबुकले सन २०१५ को पहिलो चौमासिकमा विज्ञापनबाट मात्रै ३.३ बिलियन अमेरकी डलर कमाइसकेको छ जसमध्य ७३ प्रतिशत रकम मोबाइल विज्ञापनबाट उठेको हो। फेसबकुमा भीडियो खोजी गर्न युट्युबमा जस्तो सजिलो भने छैन । जानकारहरुले यसैलाई फेसबकुमा भीडियोको कमजोरी मानेका छन्। तर कतिपय जानकारले भने बदलिदै गएको फेसबकुलाई नयाँ फिचर थप्न खासै गाह्रो नहुने टिप्पणी गरेका छन्।