फेसबुकको म्यासेन्जरमा थपिए नयाँ फिचर।

फेसबुकले आफ्नो म्यासेन्जर एपको डिजाइनमा केही नयाँ फिचरको साथै परिवर्तन गरेको छ। यसमा नयाँ होम ट्याब, बर्थडे र फेभरेट सेक्सन (Favorite Section) दिइएका छन्। नयाँ इन्टरफेस (Interface) मा एप खोल्ने वितिक्कै हालै गरिएका च्याट देखाउँछ भने फेभरेट सेक्सनमा बढी च्याट हुने व्यक्तिको सूची देखाउँछ।

उक्त फिचरमा एक्टिभ नाउ सेक्सन (Active Now Section) पनि दिइएको छ। बर्थडे फिचरमा फेसबुक फ्रेन्डस्को जन्मदिनका बारेमा म्यासेन्जर एपबाट नै थाहा पाउन सकिन्छ। एपको माथि तर्फ एक सर्चबार पनि छ जसले मोबाइल फेसबुक सर्च जस्तै नतिजा देखाउँछ। कम्पनीले छिट्टै नै यो फिचर विश्वभरका एन्ड्रोइड डिभाइसका लागि उपलब्ध हुने जनाएको छ।