Mark Zuckerberg, February 4 is Facebook’s 12th birthday!

काठमाडौं ।

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सबै फेसबुक प्रयोकर्तालाई अपिल गर्दै फेब्रुअरी ४ लाई मित्रता दिवसका रुपमा मनाउन आग्रह गरेका हुन् । फेसबुकको स्थापना सन् २००४ को फेब्रअुरी ४ मा भएको हो । आगामी फेब्रुअरी ४ का दिन फेसबुक १२ वर्ष पुग्दैछ । डेढ अर्ब प्रयोगकर्ताको धनी फेसबुकले आफ्नो १२ औँ वाषिर्क उत्सवलाई मित्रता दिवस अर्थात् फ्रेन्डसीपडे का रुपमा मनाउने भएको छ ।

फेसबुकका संस्थापक ३१ बर्षीय जुकरबर्गले आफ्नो फेसबुक पोष्टमा लेखेका छन् स् मलाई विश्वास छ की फेब्रुअरी ४ लाई फ्रेन्डसीपडे को रुपमा मनाउन तपाइँ मसँग संलग्न हुनुहुनेछ । मित्रताले तपाइँको जिवनमा परिवर्तन ल्याएको छ । यदि तपाइँसँग मित्रताका विषयमा केही कथाहरु छन् भने त्यो पनि शेयर गर्नुहोस् । सम्भव भएसम्म मैले पढ्नेछु र म खुसी हुनेछु । मार्क जुकरबर्गका अनुसार मित्रता, प्रेम तथा दयालाई फेसबुकमा साझेदारी गर्ने कामले दुनिया दिन प्रतिदिन बदलिइरहेको छ ।

– एजेन्सीको सहयोगमा