फेक आइडीहरु मात्र स्वार्थका लागि खोलिएका हुन्छन्

काठमाडौं । 

फचेबूकएजेन्सी । फेसबुकमा फेक आइडीको समस्या पहिला देखी नै थियो ।  यस्ता आइडीहरुको निसानामा परेर दु:ख पाउने धेरै छन् । यस्ता फेक आइडीहरु मात्र स्वार्थका लागि खोलिएका हुन्छन् ।

केटीको तस्बिर राखेर केटालाई फसाउने तथा केटाको आइडीबाट केटीहरुलाई पनि जिप्ट्याउने गरेको धेरै सुन्न पाइन्छ । यस्ता फेकआइडीहरुले आर्थिक देखि भौतिकरुपमा नोक्सानी पुर्याउने त्यस्तै जासुसीसम्म गर्छन् ।

यस्तै समस्यालाई मध्यनजर राख्दै  फेसबुकले अहिले फेक आइडीलाई निर्मुल पार्न सेक्युरिटी चेकजाँचलाई कडा बनाउँदै लगेको छ । आज हामी फेसबुकमा फेक आइडी चिन्ने सामान्य तरिकाबारे जानकारी दिँदैछौं ।

  1. प्रोफाइलमा तस्बिर नै नभएमा वा प्रोफाइल एल्बममा एकमात्रै फोटो भएमा ।
  2. फ्रेण्ड लिष्टमा विपरित लिंगी साथी अत्याधिक बढी भएमा ।

3.लामो समयसम्म स्टाटस अपडेट नगरेको पाइएमा । कुनै एक्टिभिटी नभएमा ।

4.प्राय फेक आइडीमा गुगलबाटै फोटो लिइएको हुन्छ ,त्यसैले प्रोफाइल फोटो गुगलमा सर्च गर्नसक्नुहुन्छ।

  1. युजरले स्कूल, कलेज तथा काम गर्ने अफिसबारे कुनै जानकारी नराखेको भएमा त्यो फेक आइडी हुनसक्छ ।