प्रविधि दिवसमा विविध कार्यक्रम विभिन्न संघ सस्थाहरु पुरस्कृत

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा क्यान महासंघद्वारा विविध कार्यक्रम विभिन्न संघ सस्थाहरु पुरस्कृत

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य अनुरुप आज सूचना तथा संचार प्रविधि दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा आज विहान राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

ICT Excellence Award 2016

National ICT Awardसूचना प्रविधि विभाग, क्यान महासंघ लगायतका विभिन्न संघसस्थाहरुको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपबाट सुरु भएर शहिदगेट, एनएसी, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन गरिएको छ । कार्यक्रममा सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, शिक्षण संस्था र सूचना प्रविधिसँग्ग सम्वन्धी व्यक्तिहरु सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र सूचना प्रविधि विभागको आयोजनामा बेस्ट प्राक्टिस कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको सम्माननीय उपराष्टपति नन्द बहादुर पुनले उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा मनतब्य व्यक्त गर्नु हुँदै सम्माननीय उपराष्टपति नन्द बहादुर पुनः ले अहिलेको युग प्रविधिको युग भएकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने र दुरुपयोग हुनबाट जोगिन सवै सजक हुनुपर्ने वताउनु भयो । सबै नागरिकमा प्रविधिको पहुँच पुग्न नसकेको भन्दै उपराष्टपति पुनले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरुबीचको दुरी घटाउनुपर्ने धारणा राख्नु भयो ।

ई गभर्नेन्सलाई ग्रामिण क्षेत्रसम्म विस्तार गर्नुपर्ने वताउनु हुँदै उहाले विकासका सम्पूर्ण पूर्वाधार प्रविधिमैत्री हुनुपर्ने वताउनु भयो । साथै उहाँले प्रविधिको विकासमा गुणात्मक परिवर्तनलाई ध्यानमा राख्नुपर्ने वताउनुभयो । कार्यक्रममा विज्ञान प्रविधि मन्त्री शिवलाल थापाले विज्ञान तथा प्रविधि मन्त्रालयको स्थानीय निकाय ग्रमिण क्षेत्रसम्म पुग्नुपर्नेमा सिंह दरवारमा सिमित भएको भन्दै आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले प्रविधि क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले प्रविधि मात्रै सवैथोक नभएर सामाजिक संस्कारको पनि महत्वपूर्ण भूमिका हुने व्यक्त गर्नुभयो । कार्यक्रममा सम्वोधन गर्नुहुँदै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले मे २ लाई सरकारले राष्टियताको मान्यता दिनुपर्ने वताउनुभयो । सवैभन्दा प्राथमिकतामा राख्नु पर्ने प्रविधि क्षेत्र न्यून प्राथमिकतामा परेको भन्दै अध्यक्ष ढकालले सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने हो भने मुलुकको समृद्धिमा सवैभन्दा बढी योगदान पुग्ने वताउनुभयो ।

समापन कार्यक्रममा बोल्नु हुँदै क्यान महासंघका महासचिव विश्वराम बलामीले प्रविधिको विकासका लागि सवैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने कुरा वताउनु भयो ।

कार्यक्रममा सम्माननीय विज्ञान प्रविधि मन्त्री शिवलाल थापाज्यू, नेपाल सरकारका श्रीमान मुख्य सचिव डा. सोमलाल सुवेदीज्यू, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालज्यू, सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्रज्यू, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठज्यू, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लज्यू, क्यान महासंघका पूर्व अध्यक्ष लोचन लाल अमात्यज्यू लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा भायनेट कम्यूनिकेशनका मेनेजिङ डाइरेक्टर विनय बोहराले नेपालमा ईन्टरनेटको विगत, वर्तमान र भविष्यका वारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१६ वितरण
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुलाई राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ । कार्यक्रममा बेस्ट आईसीटी युजर ईन पब्लिक सेक्टर अवार्ड २०१६ राष्टिय वाणिज्य बैंकलाई प्रदान गरिएको छ । त्यस्तै बेस्ट आईसीटी युजर ईन प्राईभेट सेक्टर अवार्ड २०१६ प्रोफेस्नल कमप्युटर सिष्टम प्रालिलाई प्रदान गरिएको छ ।

नेपालमा सूचना तथा प्रविधिको विकास र विस्तारमा उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै आगामी दिनहरुमा थप प्रोत्साहनका लागि यो अवार्ड वितरण गरेका हो ।