पोखरामा नै पहिलो पटक टुरिजम फर नेपाल ह्याकाथन हुँदै

पोखरामा नै पहिलो पटक टुरिजम फर नेपाल ह्याकाथन हुँदै

मोफसलमा नै पहिलो पटक पर्यटकिय नगरी पोखरामा टुरिजम फर नेपाल नाम दिइएको ह्याकाथन कार्यक्रम हुने भएको छ।उक्त कार्यक्रमको लागि प्रतिश्पर्धा गर्न पोखराका विभिन्न आइटी र इन्जिनियरिङ कलेजका ३७ ओटा टिमहरु दर्ता भएका थिए।जसमध्ये बाट छानिन सफल नौ टिमको आइडिया बिच यहि जेष्ठ १३ गते शनिबारका दिन पोखरा ट्रेडमल स्थित रोयल रेस्ट्रोमा प्रतिस्पर्धा हुने छ।उनिहरुले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने खालका विभिन्न आइटी प्रोजेक्टको आइडीया प्रस्तुत गरेर त्यसमा काम गर्ने छन्।जसबाट उत्कृष्ट हुन सफल आइडियालाइ प्रयटन क्षेत्रमा प्रयोग योग्य बनाउनको लागि बजार सम्म पुर्याउन नेपाल पर्यटन बोर्डले समेत सहयोग गर्ने भएको छ।

यसै बिच उत्कृष्ट टिमको रुपमा छानिएका सहभागीहरुलाइ बिहिबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।पोखरा ट्रेडमलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ प्रशासकिय अधिकृत सुर्य थपलियाले सहभागीहरुलाइ आफ्नो आइडियामा काम गर्दा नेपालको परिबेशमा प्रयोग योग्य प्रोजेक्ट तयार पार्न आग्रह गरे।त्यस्तै कार्यक्रमका सभापती समेत रहेका क्लब अफ टेक्निकल स्टुडन्ट्स(कट्स)का सभापती किरण तिवारीले पोखरामा नै पहिलो पटक यो ह्याकाथन कार्यक्रम आयोजना गरिएकोले सहभागीले यो प्लेटफर्मको सहि सदुपयोग गर्न आग्रह गरे।त्यस्तै आयोजक सस्था बिट्स इन्नोभेसन प्रालिका सिओओ प्रतीक बस्यालले आफुहरुले विभिन्न चुनौती पार गर्दै पोखरामा यो कार्यक्रम आयोजना गर्न लागिएको बताए।

पोखराका करिब ७ ओटा आइटी र इन्जिनियरिङ सग सम्बन्धित कलेजका प्रतिस्पर्धी सहभागी हुने यो कार्यक्रम को आयोजक बिट्स इन्नोभेसन हो।त्यस्तै सह आयोजकको रुपमा नेपाल दुर संचार प्राधिकरण रहेको छ भने सपोर्टिङ तथा होष्टिङ पार्टनरको रुपमा पोखराकै क्लब अफ टेक्निकल स्टुडन्ट्स(कट्स) रहेको छ। अन्तरास्ट्रिय सुचना तथा सन्चार प्रबिधीमा महिला दिवसको आयोजनामा गर्न लागिएको यो कार्यक्रमले महिलालाइ सुचना प्रबिधी क्षेत्रमा सहभागी गराउनको लागि प्रोत्साहन गर्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here