नेपाल टेलिकमले दिनेभयो लोन सुविधा,

काठमाडौँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने देखिन्छ ।

सो सुविधा प्रयोग गरेबापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन उपलब्ध हुनेछ भने रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । यो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here