नेपाल टेलिकमको अनुरोध

MPoS बाट गलत नम्बरमा पैसा भुक्तानी भएमा पैसा फिर्ता हुन्छ ? यो विधिबाट गलत नम्बरमा पैसा भुक्तानी भएमा पैसा फिर्ता हुन सक्दैन । त्यसैले उपभोक्ताले पैसा भुक्तानी गर्नु पूर्व सचेतना अपनाउनु पर्छ । पैसा भुक्तानी गर्नु भन्दा पहिले नै ग्राहकलाई राम्रोसँग नम्बर हेर्नका लागि अनुरोध गरिएको हुन्छ । त्यतिखेर नै आफ्नो नम्बर पक्का हो भनी विश्वस्त हुन सकिन्छ । त्यसैले आफूले भुक्तानी गर्नु पर्ने नम्बरमा स्पष्ट भएर मात्र भुक्तानी गर्नु हुन अनुरोध छ ।