नेपालको सूचना प्रविधि क्षमतालाई अन्तर राष्ट्रिय बजारमा विस्तार गर्ने

काठमाडौं ।

नेपालको सूचना प्रविधि क्षमता लाई अन्तरराष्टिय बजार मा विस्तारका सम्वन्ध मा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ को आयोजना मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम मा स्वागत मन्तव्य राख्नु हुदै क्यान महासंघका महासचिव बिश्वराम बलामी ले क्यान महासंघ को संरचना, कार्यक्षेत्र र कामहरुको वारेमा जानकारी दिनुभयो । उहाँले नेपालमा सफ्टवेयर क्षेत्रको विकासका लागि कार्यक्रमले टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रम मा विभिन्न विषयका विज्ञहरुहरुले विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका छन् ।कार्यक्रम मा प्रोफेशनल कम्प्युटर सिष्टमका सिइओ सुरेश रेग्मीले नेपालको सप्mटवेयरको क्षेत्रको चुनौती र बजारको वास्तविकता का वारेमा प्रस्तुतीकरण दिएका थिए । उहाँले आप्mनो प्रस्तुतीकरण मा नेपालमा सफ्टवेयर क्षेत्रका समस्या र तिनको समाधानका लागि चाल्नु पर्ने कदमहरु क वारेमा धारणा राख्नु भयो ।

त्यस्तै कार्यक्रम मा परामर्शदाता राजेन्द्र प्रसाद पौडेल ले नेपालमा सफ्टवेयर क्षेत्रमा लगानी को अवस्था र तिनको प्रतिफलका वारेमा प्रस्तुती प्रस्तुत गर्नु भएको छ । उहाँले लगानीका वाधा अड्चन औल्याउनु का साथै प्रतिफल का सम्भावनाहरु प्रस्तुत गर्नुभयो ।

कार्यक्रम मा विदेशी परामर्शदाताहरु ले पनि सफ्टवेयर विकास र बजारको विश्व व्यापी अवस्था र नेपालको सम्भावना का वारेमा विभिन्न प्रस्तुतीकरणहरु प्रस्तुत गरेका छन । परामर्शदाता जेम्स एम इहार्टले Global Technical Paradigm Shift in Software Development Industry विषयक कार्यपत्र प्रस्तुत गरेका छन । त्यस्तै अर्का परामर्शदाता केन इहार्टले Global investment prospects and technology trends in software Industry विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।