चितवनमा नेटवर्क सुरक्षा र एन्टिभाईरस बारे कार्यशाला सम्पन्न

रत्ननगर ।

पूर्वी चितवनमा सम्पन्न रत्ननगर महोत्सव २०७२ अन्तर्गत सूचना प्रविधि सम्बन्धी कार्यशाला भएको छ । महोत्सव अन्तर्गत गत शुक्रबार रत्ननगर क्षेत्रमा सूचना प्रविधिसँग सम्बन्धित व्यक्तिहरुलाई नेटवर्क सुरक्षा र एन्टिभाईरसको बारेमा जानकारी दिइएको हो ।

सूचना प्रविधि समितिका संयोजक यमन भुसालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको सामुदायिक शाखाका प्रमुख तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, सूचना प्रविधि समितिका सहसंयोजक सुरज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यशाला सबिन उपाध्याय र मधु पौड्यालले नेटवर्क सुरक्षा र एन्टिभाईरसको बारेमा जानकारी दिएका थिए । कार्यशालामा स्कुल, कलेज, बैंक तथा विभिन्न संघसंस्थाका करिब ८० जनाको सहभागिता रहेको थियो । पछिल्लो समय हामी सबैले सूचना प्रविधि सम्बन्धी उपकरणहरुको प्रयोग गरिरहे पनि त्यसको सुरक्षित प्रयोगबारे जानकार नभएकोले त्यसै विषयमा जानकारी दिन कार्यशालाको आयोजना गरेको भुसालले बताए