झापामा पहिलो पटक सुबिसु क्यान इन्फोटेक आयोजना हुदै

काठमाडौं । 

झापामा प्रथम पटक सुविसु क्यान इन्फोटेक २०१६ को तयारी भएको छ । कम्प्यूटर एशोसिएशन (क्यान) महासंघ झापा शाखाले आगामी फाल्गुन २१ गतेदेखि २५ गतेसम्म बिर्तामोडस्थित कनकाई फाउण्डेशनको प्राङ्गडढमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले आयोजनाको तयारी गरेको क्यान झापाले जनाएको छ ।

प्रत्येक वर्ष काठमाडौमा आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष मेची अञ्चलमा पहिलो पटक झापा शााखाले सुविसु क्यान इम्फोटेक गर्ने भएको हो । इन्फोटेकमा टाइटल स्पोन्सर, इन एशोसिएशन, प्लाटीनम, डाइमण्ड, गोल्ड, शिल्भर तथा अफिसियलका ७ वटा र अन्य ५६ वटा स्टल तथा साइवर अपराध सम्बन्धी नेपाल प्रहरी, रक्तदानको लागि नेपाल रेडक्रस झापा, ४ वटा फुड कर्नर, १ वटा फ्री चेकअप क्याम गरी जम्मा ७० स्टलहरु रहने सम्मेलनमा क्यानका केन्द्रीय सदस्य दिपेश पाठकले जानकारी दिए ।

सो इन्फोटेकमा एक लाख बढीले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलामा सर्वसाधारलाई प्रवेश शुल्क ५० रुपैयाँ, निजी विद्यालयका विद्यार्थीलाई २५ रुपैयाँ र सरकारी विद्यालयका विद्यार्थीलाई १० रुपैयाँ प्रवेश शुल्क व्यवस्था गरिएको जनाइएको छ ।

प्रदर्शनीमा लोपन्मुख प्रविधिदेखि हालसम्मका नयाँ तथा अत्याधुनिक प्रविधिको प्रदर्शनी हुनेछ ।