नासाले खिच्यो चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर

काठमाडौं ।  

क्लाइमेट अवजर्भेटोरी डिस्कोभरबाट नाशाले पृथ्वीको उपग्रह चन्द्रमाको निकै अध्याँरो तस्बिर खिचेको छ । जहाँ पृथ्वी भने निलो अनि उज्यालो देखिन्छ ।अर्थ पोलिक्रोम्याटिक इमेजिङ क्यामेरा’ ईपिकले पृथ्वी र चन्द्रमामा सुर्यको प्रकाश पर्दाका बखत करिब १५ लाख किलोमिटर टाढाबाट यो तस्बिर लिइएको थियो ।

डिस्कोभर स्याटेलाइटले पृथ्वी र सुर्यको बिचमा आइपुग्दा यस्तो दृश्य खिच्न सफल भएको हो। डिस्कोभर प्रोजेक्टका एक वैज्ञानिक अडम सज्बो भन्छन्, ‘यो निकै आश्चर्यजनक कुरा हो कि पृथ्वी चन्द्रमा भन्दा यति चहकिलो छ ।’ यी तस्बिरहरु जुलाई १६ मा लिइएका थिए जब चन्द्रमा उत्तर अमेरिका र प्रशान्त महासागर माथीबाट गुज्रेको थियो ।

स्किोभर स्याटेलाइटलाई सुर्यको सतहमा हुने डरलाग्दा अनि पृथ्वीको लागि हानिकारक घटनाको बारेमा पुर्व जानकारी होस् भनि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । पृथ्वीबाट करिव १५ लाख किलोमिटर टाढा रहेको यो भु-उपग्रहले सौर्तसतहबाट निस्केका विनाशकारी चुम्बकिय आँधी पृथ्वीमा आइपुग्ने समयभन्दा करिब १५ देखि ६० मिनेट अघि नै पृथ्वीमा सुचना पठाउन सक्छ । सन् २०१५ फेब्रुअरी ११ यो स्याटेलाइट स्पेस एक्स र फालकन ९ को संयुक्त प्रयासमा केप कानाभेलर बाट लञ्च गरिएको थियो।

यसले प्रत्येक दुइघण्टामा पुरै पृथ्वीको तस्बिर खिच्न सक्छ अनि ती तस्बिरहरुलाई अन्य पृथ्वीका स्याटेलाइटले भन्दा छिटो ‘प्रोसेस’ गर्न सक्छ । यसमा प्रयोग गरिएको क्यामेरा इपिकले जगमगाउदो पृथ्वी घुम्दै गर्दा पनि निरन्तर अध्ययन गर्न सक्छ। ओजोन, बादलको उचाइ, वायुमण्डलमा भएका पानीको बाफ, कुहिरो आदिको अध्ययनको लागि यो निकै उपयोगी हुने नाशाले एक प्रेस विज्ञप्तीमा जनाएको छ ।

प्रत्येक दिन पृथ्वीको नयाँ नयाँ तस्बिर संगै जब चन्द्रमा घुम्दै गर्दा पृथ्वी र यो भु-उपग्रहको बिचमा आइपुग्छ प्रत्येक वर्ष दुइ पटक यसले पृथ्वीसंगै चन्द्रमाको पनि तस्बिर खिच्नेछ ।