घर तथा अफिसका लागि ब्रदरको आकर्षक लेजर प्रिन्टर नेपाली बजारमा

काठमाडौं । 

ब्रदर प्रिन्टरको नेपालस्थित आधिकारीक विक्रेता सागर डिस्ट्रिब्युसनले ब्रदरको HL-L2320D मोडलको नयाँ प्रिन्टर नेपाली बजारमा विस्तार गरेको छ । यो पर्सनल तथा होम/अफिस प्रयोगका एउटा उपयुक्त लेजर प्रिन्टर हो ।

ब्रदरको HL-L2320D भरपर्दो र टिकाउ हुनुका साथै मूल्य पनि सुलभ छ । यसको प्रोसेसर २६६ मेगाहर्ज रहेको छ भने मोनो प्रिन्ट स्पिड ३० पेज प्रति मिनेट रहेको छ । अधिकतम प्रिन्ट रेजुलेसन २४००x६००डिपिआइ रहेको छ । लोकल कनेक्टिभिटीका लागि उच्च गतिको युएसबी २.० इन्टरफेस समावेश गरिएको छ । त्यसैगरी, प्रिन्टर इलेक्ट्रोफोटोग्राफिक लेजर प्रिन्ट टेक्नोलोजीमा आधारित छ । यसमा दुबै तर्फ प्रिन्ट गर्न अटोम्याटिक डुप्लेक्सिङ फिचर पनि उपलब्ध छ ।

ब्रदर HL-L2320D लेजर प्रिन्टरका मूख्य फिचरहरुमा द्रुत गतिमा लेजर प्रिन्ट, फ्लेग्जिबल पेपर ह्यान्डलिङ, उच्च गुणस्तरिया आउटपुट, टोनर सेभ मोड, कस्टमर सपोर्ट लगायत रहेका छन् । यो कम्प्याट मोडेलको लेजर प्रिन्टर सानो आफिस जहा काम सबैभन्ला महत्वपूर्ण हुन्छ त्यहाको लागि त झनै आवश्यक छ । यसमा भएको उच्च क्षमताको रेजुलेसन र अटोम्याटिक डुप्लेक्सिङ फिचरले गर्दा प्रिन्ट स्पिड उच्च हुनुका साथै प्रिन्ट पनि सफा र गुणस्रीय हन्छ ।

त्यसैगरी, प्रयोग गरिने कम्प्युटरलाई उच्च गतिको बिल्ट–इन युएसबीमार्फत सहजरुपमा कनेक्ट गराउन सकिन्छ । अर्को आकर्षक फिचरमा यसमा २५० सिट क्षमताको पेपर ट्रेको प्रयोग गरिएको छ । पेपर ट्रेले लेटर तथा कानुनी कागजहरुलाई अटाउने म्यानुअल फिड स्लटको पनि प्रयोग गरिएको छ । यसको नेपाली बजार मूल्य रु १४ हजार २ सय ८० रहेको छ ।