गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने मोबाइल एप

काठमाडौं ।  

तपाइको ब्यस्ततालाई मध्यनजर गर्दै एक ब्रो एप नाम गरेको एक एप्लिकेशन आएको छ जसले तपाई व्यस्त भएको बेलामा तपाईंकी प्रेमिकालाई माया प्रेमले भरिएका म्यासेज पठाउँछ । एन्ड्रोइड फोनमा यसलाई निशुल्क डाउनलोड गर्न सकिने भए पनि आइफोनमा भने यो डाउनलोड गर्न झण्डै सय रुपैयाँ तिर्नुपर्छ ।

कसरी चल्छ एप ?   
एप इन्स्टल गरेपछि आफ्नी प्रेमिकाको फोन नम्बर एपमा फिड सेभ गर्नुपर्छ  । त्यसपछि तपाइले कुन कुन संदेश पठाउने भनेर छान्नु पर्ने हुन्छ र त्यसका साथै कुन सन्देश कुन दिन, कुन समयमा पठाउने भन्ने कुरा पनि सेट गर्नु पर्छ ।
सेट गरेपछि तपाइले सेट गरेको समयमा तपाइले नै छानेको म्यासेज तपाइँको मोबाइलले तपाइँको प्रेमिकाको मोबाइलमा पठाइदिन्छ । यदि चाहनुहुन्छ भने हरेक दिन एक भन्दा बढि मेसेज पनि पठाउन सक्नुहुन्छ ।