क्यान सफ्टेकको आठौँ संस्करण भाद्र १७ गते देखि २० गते

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आगामी २०७२ साल भाद्र १७ गते देखि २० गते (तदनुसार 3-6 September, 2015) सम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान सफ्टेक २०१५ आयोजना गर्न लागेको सगौरव जानकारी गराउन चाहन्छौं । सन् २००७ बाट शुरु गरी ७ वटा संस्करणहरु सम्पन्न भई सकेको क्यान सफ्टेक प्रदर्शनीलाई वृहत रुपमा सम्पन्न गर्ने अपेक्षा अनुरुप क्यान सफ्टेकको यो सातौैं संस्करण “Converging to e-life” भन्ने मूल नाराका साथ प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डप काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराउन चाहन्छौं ।

नेपाल जस्तो मुलुकमा सफ्टवेयर, सोलुशन र सर्भिसेस (सेवा) को विकास तथा विस्तार गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुुुस गरी क्यान महासंघले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस्ता प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुशनस्, सर्भिसेस र कम्युनिकेशनसँग सम्बन्धित कम्पनीहरुले भाग लिँदा सर्वसाधारणहरुले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा हामीले लिएका छौं । नेपाललाई सफ्टवेयर सोलुसन तथा सर्भिसेजको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन तथा यसका लागि चाहिने नीतिनिर्माण तथा यस सम्बन्धमा हुन सक्ने विकासमा टेवा पु¥याउन समेत यस्ता कार्यक्रमले सहयोग पु¥याउने हाम्रो अपेक्षा रहेको छ ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एण्ड सोलुशनस् र कम्युनिकेशन सम्बन्धि कम्पनीहरुले भागलिने क्यान सफ्टेक २०१५ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा एक्सेस वल्र्ड टेक प्रा.लि. रहेको हुँदा आठौं संस्करणको क्यान सफ्टेकको अफिसियल नाम नै “सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्र्ड” रहेको छ । सुबिसु २०७२ सालमा हुने क्यान सफ्टटेक २०१५, क्यान ईन्फोटेक २०१६ र क्यान आईसिटि कन्फरेन्स २०१६ तीनवटा कार्यक्रमहरुको टाईटल स्पोन्सरको रुपमा रहेको समेत जानकारी गराउन चाहन्छौं ।

सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्डमा जम्मा १४२ वटा स्टलहरु रहनेछन् । हाल सम्म ७० प्रतिशत स्टल निश्चित भईसकेका छन् । जसमा सफ्टवेयर, कम्प्युूटर शिक्षा, कम्प्युटर सुरक्षा, वैकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका छन् भने, सेवा सम्बन्धि क्षेत्रमा, ईन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धि सेवा, त्यस्तै सोलुशनको क्षेत्रमा सेक्युरिटी सोलुशनस्, वायरलेश सोलुसनस्, प्रिन्टिङ्ग सोलुशनस्, पावर सोलुसनस् र विभिन्न एप्लीकेशन सहितका ट्यावलेटहरुसँग सम्बन्धित स्टलहरु रहेका छन् । साथै कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाईल र ल्यापटप सहितका स्टलहरु थप गरीएको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्डको आकर्षणका रुपमा रहनेछ । गत वर्षको क्यान सफ्टेकमा १ लाख ३१ हजार अवलोकनकर्ता हुनु भएकोमा यस पटक सो संख्या १ लाख ५० हजार सम्मको हाराहारी पुग्ने हाम्रो अनुमान रहेको छ । सुविसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्ड अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०%–र विद्यार्थीहरुलाई रु २५%–तोकिएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिनेछ ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि जानकारी आम जनमानसमा हुनुपर्दछ भन्ने मुलनाराका साथ उक्त प्रदर्शनीको अवलोकनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्तिहरु, सफ्टवेयर उद्योगीहरु, सफ्टवेयर प्रयोगकर्ताहरु, नीति निर्माताहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत तथा यस क्षेत्रलाई माया गर्नुहुने नेपाल सरकारका विभिन्न निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, स्कुल कलेजहरु तथा अन्य निजी क्षेत्रमा कार्य गरि रहनु हुने जिज्ञासु व्यक्तिहरु तथा विभिन्न कुटनितीक नियोगका प्रतिनिधिहरु समेतबाट प्रदर्शनीको अवलोकन हुने हामीले अपेक्षा लिएका छौं ।

नयाँ नेपाल अर्थात e – Nepal बनाउन सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच पुग्नु जरुरी छ । त्यसका लागि पत्रकार महानुभावहरुको अहम भूमिका रहने कुरामा दुई मत हुन सक्दैन । अतःक्यान सफ्टेक सम्पन्न नहुञ्जेल सम्म नियमित रुपमा यसका गतिविधिहरु आआफ्ना सञ्चार माध्यम मार्फत जनमानस समक्ष पु¥याइ यस क्षेत्रको विकास तथा विस्तारको बारेमा जानकारी गराईदिनुहुन समस्त आमसञ्चार जगतलाई हार्दिक अनुरोध गर्दछौं ।