क्यान महासंघ ६ नं. प्रदेश समिति विस्तार

Surkhet,  24th January 2018
कम्प्यूटर एशोशियसन महासंघ नेपाल (क्यान महासंघ) प्रदेश नं. ६ को समिति विस्तार भएको छ । क्यान महासंघ नेपालको २४ औं महाधिवेशनबाट प्रदेश अध्यक्षमा पूर्णदेव अधिकारी निर्वाचित भएपछि विस्तार हुनु पर्ने क्यान महासंघको प्रदेश समिति विस्तार भएको हो । सुर्खेतमा एक भेलाको आयोजना गरि विस्तार गरिएको प्रदेश कार्य समितिको उपाध्यक्षमा रविन्द्र विक्रम केसी (रुकुम), सचिवमा सतन कुमार शर्मा (सल्यान), सहसचिवमा खगेन्द्र बहादुर पुलामी मगर (सुर्खेत) र कोषाध्यक्षमा लोक प्रसाद दाहाल (सुर्खेत) र सदस्यहरुमा भीम मल्ल (सल्यान), प्रेम प्रकाश चन्द (सुर्खेत) र खुमा केसी खड्का (रुकुम) रहेका छन् । मल्ल, चन्द र केसी सम्बन्धित जिल्लाका अध्यक्ष भएकोले पदेन सदस्य भएका हुन् । अन्य तीन जना सदस्यहरु पछि मनोनीत गर्ने क्यान महासंघ ६ नं. प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारी बताए ।

संस्थाका केन्द्रिय सदस्यहरु दल बहादुर खड्का र भूपेन्द्र सिंह वलीको उपस्थितिमा भएको कार्यक्रममा निर्वाचन संयोजक दुर्गाप्रसाद सापकोटा थिए भने औपचारिक कार्यक्रमको प्रमुख अथिथि सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारी थिए ।  कार्यक्रमका प्रमुख अतिथि सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले क्यान महासंघले यस प्रदेशमै प्रविधिका विकासमा जोड दिन सुझाव दिए ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here