क्यान इन्फोटेक कास्कीको तयारी तिब्र

पोखरा, २३ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीले डिजिकम क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाएको छ । फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । इन्फोटेकको करिब ९० प्रतिशत स्टल बुकिङ भइसकेको पौडेलले बताए । इन्फोटेकमा १ सय २० वटा स्टल रहनेछन् । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्टरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए । ‘इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ,’ उनले भने । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने भुर्तेलले बताए ।

इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल र एडिम्याक्स, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको सहसचिव सेवक क्षितिजले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here