क्यानको क्षेत्रिय बैठक गोरखामा, उदघाट्न शत्र सकियो

कैलासबावु श्रेष्ठ/गोरखा

कार्तिक २६ गते । कम्प्यूटर एशोसियसन नेपाल महासंघको पश्चिमाअञ्चल क्षेत्रिय सञ्जाल बैठक गोरखा सदरमुकाममा शुरु भएको छ । २ दिन सम्म चल्ने उक्त बैठकको शुक्रबार उदघाट्न शत्र सम्पन्न भएको छ ।

can-gorkha-2
गोरखा सदरमुकामको होटल मिराकलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले हामीले प्राविधी प्रयोग नगरेकै कारण बिकासमा पछि परेको भन्दै समाज बिकासका लागि क्यानले हातोमालो गनुपर्ने बताउनु भयो ।

can-gorkha-4
अतिथी शर्माले गोरखामा एक इन्फरमेशन सेन्टर बनाउने पहल भएको र सोको लागि क्यानको सहयोग अपेक्षा गरीएको बताउनु भयो । ‘नेपाल भू स्वार्ग हो । हामीले पर्यटनमा प्राविधि प्रयोग गर्न सक्यौ भने विश्वलाई चिनाउन सक्ने र आर्य स्तरमा बृद्वि गर्न सकिने’ भन्दै ‘प्राविधीलाई प्रयोग गर्न नसकेकै कारण पटि परेको’ बताउनु भयो ।

can-gorkha-1
कार्यक्रममा प्रथम उपाध्यक्ष हेमन्त चौरसीया, द्वितिय उपाध्यक्ष संजय थापा, तृतिय उपाध्यक्ष रमाकान्त पाण्डे र महासचिव विश्वराम बलामी, गोरखा उद्योग बाणिज्य संघका राजुबावु श्रेष्ठ समेतले शुभ कामना मनतब्य राख्दै गोरखा जिल्ला पर्यटनको प्रचुर संभावना बोकेको जिल्ला भएको कारण पर्यटनलाई प्रविधि संग मिलाउनु पर्नेमा जोड दिनु भएको थियो । प्रविधी शिक्षा, स्वास्थ्य देखी ब्यापार तथा जुन सुकै क्षेत्रलाई आवश्यक पर्ने भन्दै अहिले समाजको आवश्यतालाई पुरा गनुपर्नेमा लागि पर्नुपर्ने आवश्यता रहेको बताउनु भएको थियो ।

can-gorkha-3
कम्प्यूटर एशोसियसन नेपाल महासंघीय संरचनामा गए पछि भएको पहिलो क्षेत्रिय स्तरको पहिलो बैठक गोरखामा भएको हो । पहिलो बैठक बाट विभिन्न जिल्लामा देखीएको समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा गहन छलफल हुने अनुमान गरीएको छ ।

can-gorkha-5
कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीका साथै पश्चिमाञ्चल क्षेत्रका जिल्ला स्तरका अध्यक्ष सहित ३÷३ जनाको सहभागिता रहेको छ । कार्यक्रम सनिबार सम्पन्न हुने छ । Source by gorkhasamachar

can-gorkha-6