कोरियन भाषा परीक्षाको अनलाइन आवेदन खुल्ला

काठमाडौं l सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज (चैत ९) देखि खुला गर्ने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ।कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ। यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ। यसका लागि शाखाले सम्पूर्ण तयारी पूरा गरेको उनले बताए। शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने भएको छ।शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो। प्राविधिक काममा केही समस्या आए पनि तत्कालनै समाधान हुने खतिवडाको भनाइ छ।

अनलाइन परीक्षा आवेदन फारम भर्न २४ अमेरिकी डलर ग्लोबल आईएमई बैंकमा जम्मा गरेको भौचर,पासपोर्ट नम्बर अनिर्वाय आवश्यक पर्नेछ। बैंक भौचर र पासपोर्ट नम्बर राखेपछि मात्रै अनलाइन फारमका लागि पेज खुला हुनेछ।
त्यस्तै अनलाइन फारमका लागि इमेल आईडी पनि आवश्यकपर्ने छ। परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ। त्यही प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने शाखाले जनाएको छ। परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ। सन् २००७ मा कोरियासँग श्रम सम्झौता भएपछि अहिलेसम्म नेपालबाट रोजगारीका लागि करिब ४३ हजार कोरिया पुगिसेका छन्। कोरिया जान खर्च पनि कम लाग्ने र तलब पनि एकदेखि डेढ लाखसम्म हुने हुँदा युवाको आकर्षण बढ्दो छ। गत वर्षमात्रै ६१ हजारभन्दा बढीले परीक्षा आवेदन फारम भरेका थिए। यस वर्ष बढीमा ८० हजारले फारम भर्ने शाखाको अनुमान छ। कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here