केएल मोबाइल हब सञ्चालनमा

असार ६, २०७४- हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ ।

राजधानीको चाबहिलस्थित केएल टावरमा सञ्चालनमा आएको हबमा मोबाइल एक्स्पोसमेत राखिएको जारी विज्ञप्तिमा छ । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको सञ्चालकले जनाएको छ ।

केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्रमार्फत मलेसिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको पनि विज्ञप्तिमा छ ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here