किन पड्किन्छ ब्याट्री र कसरी बच्ने ?

किन पड्किन्छ ब्याट्री र कसरी बच्ने ?

मोबाइल र ल्यापटपमा प्रयोग हुने ब्याट्री लिथियम आयन ब्याट्री हुन् ।  ब्याट्रीलाई अत्यधिक चार्ज हुनबाट रोक्न तथा सर्ट सर्किटबाट जोगाउन एउटा अलग्गै सर्किट हुन्छ ।  यो सर्किट बिग्रिएमा ब्याट्री सामान्य समयको भन्दा तातो हुन्छ, जसलाई थर्मल रन–वे भनिन्छ ।  थर्मल रन–वे एउटा रासायनिक प्रक्रिया हो, जसमा ब्याट्री धेरै तात्छ र थप प्रतिक्रिया हुँदा ब्याट्री पड्किन्छ ।
प्रविधिविज्ञहरूका अनुसार, कुनै पनि ब्याट्री १४० देखि ३५० डिग्री फरेनहाइटसम्म तात्दा थर्मल रन–वेको स्थितिमा पुग्छ ।  सामान्य कोठाको तापक्रममा यो स्थिति उत्पन्न हुँदैन ।  ब्याट्रीमा खराबी छ भने मात्र यो सम्भव छ ।  ब्याट्री उत्पादक कम्पनीबीच ब्याट्रीको चार्ज गर्ने समय घटाउने र चार्ज लामो अवधिसम्म धान्ने बनाउने जस्ता प्रतिस्पर्धाका कारणसमेत ब्याट्री पड्कन थालेका हुन् ।

ब्याट्री पड्कने खतराबाट कसरी बच्न सकिन्छ ?

  • सक्कली र भरपर्दो कम्पनीको ब्याट्री मात्र किन्ने गर्नुहोस् ।
  • ब्याट्रीलाई धातुको नजिक कहिल्यै नराख्नुहोस्, जस्तै सिक्का, चाबीे, गहना आदि ।  यस्ता चीजले विद्युतीय कनेक्सन बिगारी ब्याट्री पड्कने सम्भावना हुन्छ ।
  • ब्याट्रीलाई कहिल्यै पनि थिच्नु, कुच्याउनु, प्वाल पार्नु वा धेरै दबाब (प्रेसर) दिनु हुँदैन किनकि यसले सर्किट सर्ट भएर अधिक ताप उत्पन्न भएर ब्याट्री पड्कने सम्भावना हुन्छ ।
  • फोन पानीमा खसेमा ब्याट्री निकालेर सुख्खा भएपछि मात्र सेटमा प्रयोग गर्नुहोस् ।
  • चुलो, ग्यासनजिक वा यस्तै उच्च तापक्रम हुने ठाउँमा फोन नराख्नुहोस् ।
  • राति सुत्दा कहिल्यै पनि सिरानी तल मोबाइल फोन नराख्नुहोस् ।
  • फोनलाई कडा सतहमा नखसाल्नुहोस् ।
  • मोबाइल राख्दा सकेसम्म नरम सतहमाथि राख्नुहोस् ।
  • मोबाइल र ब्याट्रीमा केही समस्या आएमा आफैँ खोल्ने वा बनाउने प्रयास नगर्नुहोस् ।  समस्या आएमा भरपर्दो मर्मत केन्द्र (सर्भिस सेन्टर) मा देखाउनुहोस् ।
itpana.com