काभ्रे जिल्लाको फलाटेमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

अमेरिकाको बाल्टिमोरमा आफ्नो पेसा ब्याबसाय गर्दै आउनु भएका समाजसेवी बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा काभ्रे जिल्लाको फलाटेमा अबस्थित बिद्यालयमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

cyber kavre


डा. रामहरि सुबेदी, नोभेम्बर ११, २०१७ – अमेरिकाको बाल्टिमोरमा आफ्नो पेसा ब्याबसाय गर्दै आउनु भएका समाजसेवी बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा काभ्रे जिल्लाको फलाटेमा अबस्थित श्री शारदा उच्च माध्यमिक बिद्यालयका शिक्षक र बिधार्थीहरुलाई २ चरण गरि साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने तालिम साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा सम्पन्न गरिएको छ। बिहान पहिलो चरण र बेलुकी दोश्रो चरण गरि करिब १२० जना बिद्यार्थीहरु र शिक्षकहरुको बाक्लो उपस्थिती रहेको थियो। बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा गरिएको उक्त क्रार्यक्रमलाई समायोजन र ब्यबस्था गर्नको लागि गौदरत्न उप्रेतीले सहयोग गर्नु भएको थियो ।

कार्यक्रमको सुरुवात बिनोद उप्रेती र वाहाँको छोरा र छोरीले अमेरिकाको बाल्टिमोरबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सन्देशमा उप्रेतीले अहिलेको आधुनिक युगमा नव पिंडीले ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाल प्रयोग गर्दा अत्यन्तै साबधानी अपनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो। साईबर सुरक्षा ईन्टरन्यासनलले सुरु गरेको यो अभियानबाट प्रभाबित भएर आँफैले अध्ययन गरेको बिद्यालयमा उक्त तालिम लैजान प्रेरणा मिलेको उप्रेतीले बताउनु भयो ।

साईबर सेक्युरिटी ईन्टरन्यासलकी प्रशिक्षक पुजा गुरुङ्गले सम्पुर्ण सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने मनिशा रानाभाटले समाचार, फोटो, भिडियो, नाम ठेगाना संकलन गर्नुको साथै कार्यक्रमा काभ्रेसम्म लैजानको लागि समन्वय गर्नु भएको थियो । सहभागिहरुलाई बर्तमान अबस्थाको चित्रण गराई प्रशिक्षण प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । फेसबुक, ईन्टरनेट, मोबाईल, कम्प्युटर र वाईफाईलाई कसरि सुरक्षित बिधीद्वारा प्रयोग गर्न सकिन्छ र अपराधबाट कसरि बच्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा सहभागि बिद्यार्थीहरु र शिक्षकहरुले प्रायोजक बिनोद उप्रेतीलाई बिशेष धन्यवाद दिंदै, यो कार्यक्रम अत्यन्तै प्रभाबकारी, जनचेतनामुलक भएको र यसलाई जिल्लाब्यापी अभियानको रुपमा लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here