कसरी अर्बौं डलर कमाउँछन् यी दिग्गज कम्पनीहरु ?

जब हामी विश्वका ठूला कम्पनीहरुका बारेमा कुरा गर्दछौँ तब एप्पल, गुगल, माइक्रोसफ्ट, अमेजन तथा फेसबुक जस्ता कम्पनीहरुको नाम अगाडि आउँछ । यी कम्पनीहरुले हरेक वर्ष अर्बौं डलर नाफा कमाउँछन् । आखिर कसरी हुन्छ त त्यति धेरै कमाई ? आउनुहोस् जानौं केही तथ्यहरुः

माइक्रोसफ्ट : माइक्रोसफ्टको राजश्वको २८ प्रतिशत हिस्सा माइक्रोसफ्ट अफिसको बिक्रिबाट आउने गरेको छ । विन्डोज सर्भर तथा Windows Azure  बाट २२ प्रतिशत, Xbox  बाट ११ प्रतिशत, Windows OS  बाट ९, Bing बाट ९ तथा बाँकी विज्ञापनबाट आउने गरेको छ । गुगल : गुगलको मातृ कम्पनी अल्फाबेटको राजश्वको सबैभन्दा ठूलो अंश अर्थात् ८८ प्रतिशत गुगलको विज्ञापन तथा यू ट्युबबाट आउने गरेको छ । गुगल प्ले सर्भिस तथा पिक्सेलबाट थप ११ प्रतिशत राजश्व आउने गरेको छ ।· एप्पल : एप्पलको सबैभन्दा धेरै राजश्व आइफोनबाटै आउँछ । एप्पलको राजश्वको ६३ प्रतिशत हिस्सा आइफोन बिक्रीबाट उठ्ने गरेको छ । अन्य एसेसरिजबाट एप्पलले केवल कुल राजश्वको ५ प्रतिशत मात्र कमाउँदछ । बाँकी ११ प्रतिशत चाहीँ एप्पल म्युजिक, आइट्युन्स तथा आइक्लाउडबाट कमाउँछ ।फेसबुक: सोसल मिडिया कम्पनी फेसबुकले सबैभन्दा धेरै रेभेन्यू विज्ञापनबाटै कमाउँछ । फेसबुकको राजश्वको ९७ प्रतिशत विज्ञापनबाट आउने गरेको छ ।अमेजन: विश्वको सबैभन्दा ठूलो इ कमर्श कम्पनी अमेजनले सबैभन्दा धेरै रकम अनलाइन सपिङबाटै कमाउँछ । अनलाइन सपिङबाट कम्पनीले लगभग ७२ प्रतिशत राजश्व प्राप्त गर्दछ । बाँकी राजश्वमध्ये  Amazon  Prime बाट १८ प्रतिशत, Amazon Web Service बाट ९ प्रतिशत राजश्व प्राप्त गर्दछ ।

एजेन्सी

२०७४ असार ६ गते १२:०८ मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here