ओप्पोको डुअल सेल्फी क्यामेर, ‘एउटा सेल्फी, अर्को ग्रुप सेल्फी’

२३ वैशाख, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले ग्रुप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक भब्य समाहरोका बीच ओप्पो एफ थ्री सार्वजनिक गरिएको हो । सुपरस्टार राजेश हमालको प्रमुख आतिथ्यमा एफथ्री सार्वजनिक गरिएको हो ।

मध्यम बर्गीय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । एफथ्री प्लसपछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो ।

‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ ‘,ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३देखि फोन उपलब्ध हुनेछ ।

डुअल सेल्फी क्यामेर, ‘एउटा सेल्फी, अर्को ग्रुप सेल्फी’

‘एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि’, एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च श्रेणीका ब्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् ।

एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्यूशन, १/३ इञ्च सेन्सर र ठूलो एफ/२.० एपर्चरको प|mण्ट क्यामेराको ब्यवस्था गरिएको छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ ।

चहकिलो पृष्ठभूमी (ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्विरमा उपयुत्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्विर लिन सकिन्छ ।

ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ ।

यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्विर खिच्न सक्छन् ।

डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनमा दूई गुणा बढी फिल्ड अफ भ्यू उपलब्ध गराउँछ ।

ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १/३ ईञ्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ ।

फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकता अनुसार चाहिने बित्तिकै तस्विर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्विर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ ।

ओप्पो एफथ्रीमा १/३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगा पिक्सेल क्षमता भएको रियर क्यामेरापनि उपलब्ध छ ।

तस्विरमा थप सुधारका लागि ओप्पोले उपलब्ध गराउँदै आएको ब्यूटिफाइ ४.० दुबै सेल्फी क्यामेरा तथा रियरमा समेत उपलब्ध गरिएको छ । यसको सहायताबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार ईफेक्टको प्रयोग गर्दै तस्विर लिन सक्छन् ।

सेल्फीलाई सहज तथा रमाइलो अनुभवका रुपमा स्थापित गर्न कम्पनीले हत्केला देखाएकै भरमा सेल्फी खिच्न सघाउने पाल्म शटर लगायत फिचर पनि फोनमा उपलब्ध गराएको छ ।

सहजताका लागि परिस्कृत

निरन्तर सहज प्रयोगका लागि ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.०द्वारा शक्ति प्रदान गरिएको ओक्टा-कोर प्रोशेसर, चार जीबी र्‍याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको टि्रपल स्लोट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परिक्षण (रियल लाइफ साइम्यूलेशन टेष्ट)मा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइकएको छ । तसर्थ, यात्रामा निस्कँदा वा अन्य दैनिक क्रियाकलापमा ब्याट्री सक्किने डरका कारण पावर बैंक लगायत बोकेर हिड्नुपर्ने झञ्झटबाट छुटकारा प्राप्त हुन्छ ।

कम्पनीले ब्यक्तिगत गोपनियता र सुरक्षाका लागि समेत विशेष ध्यान दिएको छ । तिनका लागि फोनमा कम्पनीले अत्याधुनिक सलिड स्टेट फिङगर पि्रण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ ।

फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औँलामा आद्रता भएको अवस्थामा समेत फिङ्गर पि्रण्टको सफल पहिचान गर्न सघाउँछ ।

ओप्पो एफथ्रीमा आधुनिक ‘सलिड स्टेट’ फिङ्गर प्रिण्ट रिडरको प्रयोग गरिएको छ । यसले हल्का स्पर्सले नै उपकरण अनलक गर्न सघाव पुर्‍याउँछ ।

आकर्षक र उपयुक्त डिजाइन

मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएको एफथ्री हातमा बोक्न सहजता होस् भन्ने कुरालाई विशेष ध्यानमा राखि निर्माण गरिएको फोन हो । फोनमा रहेको मेटल ब्याक प्यानलले धुलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी गि्रप प्रदान गर्छ ।

निकै आकर्षक बनोट सहितको फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्त्रिmनलाई साधारण स्त्रिmनका तुलनामा १/४ भागले पातलो बनाएको छ ।

यसले फोनको स्क्रीनमा देखिन दृष्य थप जिवन्त तथा उज्यालो बनाउन सघाव पुर्‍याउँछ । सुर्यको प्रत्यक्ष प्रकाश भएका स्थानमा समेत यो स्क्रीनले राम्रो प्रदर्शन गर्ने क्षमता राख्छ ।

फोनको डिजाइनमा प्रयोग गरिएको चिल्लो र आकर्षक मेटल ब्याक प्यानल धुलो प्रतिरोधी हुनुका साथै समाउँदा समेत आरामदायी अनुभव प्रदान गर्छ ।

रङ्को उपलब्धता र प्रतिस्पर्धात्मक मूल्य

ओप्पोले नेपाली बजारमा एफथ्रीलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने जानकारी दिएको छ । मूल्य ३५  हजार ४ सय ९० निर्धारण गरिएको एफथ्रीको गोल्ड भ्यारियण्ट भने शुक्रबारदेखि नेपालभरका प्रमुख बजारहरु मार्फत उपलब्ध छ ।

ओप्पो अमेरिका, अफ्रिका, यूरोप, ओसियाना र एसियाका उपभोक्ताको आवश्यकता र चाहना अनुरुप नवप्रवर्तनात्मक उत्पादन उपलब्ध गराउने सोचका साथ स्थापित वैश्विक प्राविधिक ब्राण्ड हो ।

ओप्पोमा उपभोक्ताले सँधै उत्कृष्ट उत्पादनको अनुभव गर्न पाउन् भन्ने सोचका साथ नवप्रबर्तनात्मक प्रविधि र पृथक डिजाइनको समायोजनलाई माध्यम बनाइन्छ । साथै, डिजाइन, उत्पादन र उत्पादनको प्रचार समेत गरिन्छ ।

सन् २००४मा स्थापित ओप्पोले आफ्ना उत्पादनका विवरण (डिटेल्स) माथि तिब्र चाखका कारण चाँडै आफूलाई स्थापित गर्नपनि सफल भयो । ओप्पोले आफ्ना उत्पादन प्रभावकारी फिचर्स र आकर्षक डिजाइन सहित उपभोक्ताको समग्र आवश्यकता सम्बोधन गर्ने सोचका साथ विकास तथा निर्माण गर्छ ।

सन् २००८मा मोबाइल फोन बजारमा प्रवेशसँगै एक बर्ष भित्रै ओप्पोले ओभरसिज मार्केटमा आफ्नो बजार विस्तार गर्यो । अहिले ओप्पोको फोन विश्वका २० भन्दा बढी बजारमा उपलब्ध रहेका छन् ।

साथै, अप्रिल २०१५ सम्ममा १ सय ४० देशमा ब्राण्ड दर्ता समेत भइसकेको छ । ओप्पोको बजार स्मार्टफोनमा मात्र सिमित छैन । डिजाइन तथा नयाँ प्रविधि प्रतिको प्रतिबद्धता मार्फत ओप्पोले अमेरिका र यूरोप क्षेत्रमा समेत श्रव्य-दृष्य बजारमा विश्व परिचित पि्रमियम ब्लू-रे प्लेयर्स उपलब्ध गराउने गरेको छ ।
२०७४ वैशाख २३ गते १३:४५ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here