एप्पलकाे आइफोन ७ र आइफोन ७ प्लस बजारमा उपलब्ध

नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रालिले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस  नेपाली बजारमा  सार्वजनिक गरेको छ ।आइफोनहरु एक सय २८ जिबी र दुई सय ५६ जिबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्युचर वल्र्ड तथा ओलिज स्टोरबाट बिक्री गर्ने जनाएको छ । यी संस्करणको मूल्य पनि यस अघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर राखिएको छ ।

नेपालमा एप्पलको आइफोन तथा यसका उत्पादन  वितरण गर्ने एकमात्र वितरक रहेको कम्पनीले जनाएको छ l कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।