Ncell र Flowminder ‘ग्लोबल मोबाइल अवार्ड’बाट सम्मानित

काठमाडौं, फागुन ।

एनसेल र फ्लोमाइन्डर फाउन्डेसनले जीएसएमएको ‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’ विधामा ग्लोबल मोबाइल अवार्ड प्राप्त गरेको छ । विश्वभरका जिएसएम प्रविधिमा मोवाईल सेवा प्रदान गरिरहेका कम्पनीहरुको छाता संगठन जिएसएमएले यस प्रयासलाई गत महिना ‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’ विधा अन्र्तगत उत्कृष्ट पाँचमा छानेको थियो ।

यस प्रयास अन्तर्गत, मोवाईल प्रयोगको बृहत (म्याक्रो) डेटाका आधारमा एनसेल र फ्लोमाइन्डरले प्रभावित जिल्लाहरुमा जनसमुदाय कसरी चलायमान भईरहेका र कहाँ विस्थापित भईरहेका छन् भन्ने रिपोर्ट संयुक्त राष्ट्रसंघ लगायत राहत कार्यमा संलग्न निकायलाई निरन्तर उपलब्ध गराएका थिए । यस प्रयासलाई गत महिना ‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’ विधा अन्र्तगत उत्कृष्ट पाँचमा छनेको थियो ।

अन्तिम पाँचमा पुगेका डाइरेक्ट रिलिफ र एस्रीको ‘आर्कजिआइएस मोबाइल एप’, एरिक्सन र संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको ‘एरिक्सन रेसपोन्स’, मोबिलिङ्क र वासिला माइक्रोफाइनान्स बैंकको ‘मोबिक्यास’ र युफोनको ‘मोबाइल गभरनेन्स इमरजेन्सी अलर्ट सिस्टम’लाई पछि पार्दै एनसेल–फ्लोमाइन्डर सहकार्यले अवार्ड जितेको हो ।

स्पेनको बार्सिलोनामा भईरहेको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा जिएसएमएले मंगलबार अवार्ड हस्तान्तरण गरेको हो । उक्त सम्मानलाई एनसेलका तर्फबाट राजेश लाल न्याछो र फ्लोमाइन्डरका लिनस बैंङगिट्सन र एरिक विटरले ग्रहण गरेका थिए ।

“मोबाइल वल्र्ड कंग्रेसको यो हप्तामा जिएसएमएको ग्लोबल मोबाइल अवार्डस् जित्ने तथा नोमिनेसनमा परेका सबैलाई हाम्रो तर्फबाट बधाई छ,” जिएसएमएका प्रमुख बजार अधिकृत माईकल ओहाराले भने । “यो वर्षको अवार्डमा परेका ९३० भन्दा बढी आवेदन र अन्तिम नोमिनेसनमा परेका १७० वटा प्रयासहरुमध्येबाट छनौट भई सम्मानित हुनु पक्कै पनि ठूलो उपलब्धि हो ।”

जिएसएमएको ग्लोबल मोबाइल अवार्डस् मोबाईल क्षेत्रमा नविन प्रयास प्रदर्शन गर्ने सबैभन्दा ठूलो प्लाटफर्मको रुपमा चिनिन्छ । यसमा विश्वभरीका मोबाइल सेवा प्रदायक र यो क्षेत्रसंग सम्बन्धित अन्य कम्पनीहरुले आफ्नो वस्तु, सेवा र प्रोजेक्टहरु प्रस्तुत गर्छन् । यो प्रयास अन्र्तगत, एनसेलले स्विडिस अनुसन्धानकर्ता संस्था फ्लोमाइन्डरलाई ग्राहकको पहिचान नखुल्ने गरी आफ्नो नेटवर्कको विवरण उपलब्ध गराएको थियो ।

यसको आधारमा उक्त संस्थाले भुईचालो पहिले र भुइचालो पछि जनसमुदाय कहाँ र कुन प्रारुपमा विस्थापित भईरहेका छन् भन्ने विवरण निरन्तर तयार गरेको थियो । संयुक्त राष्ट्र संघको नियमित अपडेटमा संलग्न यो विवरण मानविय संघ, संस्था तथा अन्य निकायमा पुगी उनीहरुलाई प्रभावकारी राहत वितरणका लागि सघाएको थियो ।

“भुकम्प लगत्तै सुचारु भएको यो प्रयासले मानविय संघ संस्था लगायतका निकायलाई आफ्नो सहयोग सहि ठाउँमा पुर्याउन प्रभावकारी मद्दत गरेको जस्ता प्रोत्साहनमुलक प्रतिक्रिया पाएका थियौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले भने । “ग्लोबल मोबाईल अवार्डको सम्मान पनि प्राप्त हुनु वास्तवमै ठूलो उपलब्धि हो ।

विपदका बेला मोबाइल सेवा प्रदायकले कसरी महत्वपुर्ण भुमिका खेल्न सक्छन् भन्ने कुरा हामीले उदाहरण सहित देखाउन सफल भएका छौ । ” विपदमा समुदायको विस्थापन अध्ययन गर्न यस अघि पनि मोबाइल डाटाको प्रयोग भए पनि एनसेल–फ्लोमाइन्डरको प्रयासमा विश्वमै पहिलो पटक प्रत्यक्ष हालतमा सूचना जेनरेट गर्ने विधि अपनाईएको थियो, जसले गर्दा राहतकार्यमा प्रत्यक्ष सहयोग पुगेको थियो ।

फ्लोमाइन्डर  र एनसेलको यस प्रयास अनुसार, वैशाख १२ को भुकम्पको दुई हप्तामा थप ५ लाख मानिसहरु काठमाडौंबाट बाहिर गएका थिए । यसरी काठमाडौं छाड्नेहरु खासगरी आसपासका जिल्लाहरु, तराई र देशको दक्षिणपुर्वी भागमा गएका थिए भने देशै भर  करिब १८ लाख मानिसले आफ्नो गृह जिल्ला छाडेका थिए ।