एनसेलले ल्यायो योण्डर म्युजिक एप, गीत सुन्न, गाउन र शेयर गर्न मिल्नेे 

लाखौं गीतहरुमा निःशुल्क पहुँच, गीत सुन्न, गाउन र शेयर गर्न मिल्नेे

१२ जेठ, काठमाडौं । एनसेलले गीत-संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटर्फम सार्वजनिक गरेको छ ।

जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो ।

एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुरानादेखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत-संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् ।योण्डर म्युजिकएप सबै भन्दा धेरै नेपालीगीतहरु समावेश रहेको डिजिटल म्युजिकलाइब्रेरी हो । एनसेलकाग्राहकले अाजबाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् ।