इन्टरनेटका कारण घट्दैछ डाक्टरमाथिको भरोसा

इन्टरनेटमा स्वास्थ्य सम्बन्धी विविध जानकारी, रोगको उपचार विधि, आदिको विषयमा प्रसस्तै आधिकारिक जानकारीहरु पाउने कारणले गर्दा मानिसहरुमा पछिल्लो समयमा सचेतना बढिरहेको छ । इन्टरनेटमा उपलब्ध यस्ता जानकारीहरुमा विश्वास गर्ने मानिसहरु शायद डाक्टरहरुले बताएका उपचारमा कमै विश्वास गर्दछन् । तर एक अनुसन्धानबाट के पत्ता लागेको छ भने इन्टरनेटमा उपलब्ध जानकारीहरुका फाइदा त निकै धेरै हुन्छन् तर यस्ता जानकारीहरु पूर्णरुपमा सटिक चाहीँ हुँदैनन् जसका कारण बिरामीहरु गुमराहमा पर्न सक्दछन् ।

अमेरिकाको न्यूयोर्कस्थित होफस्ट्रा विश्वविद्यालयका सहायक प्राध्यापक तथा शोधकर्ता रुथ मिलानिक भन्छन् ः इन्टरनेट एक शक्तिशाली सूचनाको माध्यम हो । तर तर्क तथा सोँचमा असमर्थ हुनुका कारणले यसको क्षमता सिमित छ ।

शोधकर्ताहरुका अनुसार इन्टरनेट तथा कम्प्युटरमा आधारित यस्तो जानकारीमूलक उपचारबाट विरामीहरु गुमराहमा पर्न सक्दछन् । यसबाट विरामीले आफ्नो डाक्टरको योग्यतामा प्रश्न उठाउने गरेको पाइन्छ, जसका कारण विरामीको उपचारमा ढिलाई हुने र उपचार नै नभै घटना घट्ने जोखिम बढिरहेको छ ।

मिलानिक भन्छन्ः यस प्रकारबाट इन्टरनेटका माध्यमबाट पाइने रोगका लक्षणहरुको विवरण तथा उपचार सम्बन्धी जानकारीहरुले विरामी र डाक्टरमा विश्वासको कमी आउन सक्दछ ।

यद्यपि जो मानिसमा शंका छ, उनीहरु निश्चित रुपमा दोश्रो व्यक्तिको राय सल्लाह लिनु आवश्यक हुन्छ अनि इन्टरनेटमा उपलब्ध जानकारीका बारेमा आफ्नो डाक्टरसँग सल्लाह गरेर कुरा प्रष्ट पार्नु अत्यावश्यक रहन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here