इटहरीमा प्रदेशस्तरीय क्यान इन्फोटेक हुँदै, ठाकुर श्रेष्ठ

CAN SUNSARI

Booking open, call 9851161688

can infotech sunsari

इटहरी / इटहरीमा पहिलोपटक सूचना–प्रविधि मेला क्यान इन्फोटेक हुने भएको छ । आगामी फागुन २३ देखि २७ गतेसम्म मेला लाग्ने बुधबार इटहरीमा पत्रकार सम्मेलनबाट आयोजकले जानकारी दिएको छ ।

Thakur Shrestha (PC: LivingwithICT)

क्यान महासंघ सुनसरीको आयोजनामा हुने क्यान इन्फोटेक प्रदेशस्थतरीय सूचना–प्रविधि मेला हुने क्यान महासंघ प्रदेश १ समितिका संयोजक देव सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार यसअगाडि ०६६ र ०६८ सालमा क्यान महासंघले सुनसरीको धरानमा कार्यक्रम गरेको र इटहरीमा पहिलोपटक हुन लागेको बताए ।
इटहरीको जनता स्कुलको प्रांगणमा हुने मेलालाई पनि सूचना–प्रविधि बनाइने क्यान सुनसरी महासंघ सचिव पुष्प अधिकारीले बताए । अधिकारीका अनुसार हरेक टिकटमा बार कोड लगाएर कोड स्पर्श गराएर मात्रै गेट खोल्ने प्रविधि बनेको पनि अधिकारीले बताए । इटहरीमा पहिलोपटक आइटी म्युजियमको प्रदर्शन पनि क्यान मेलामा हुने अधिकारीले जानकारी दिए ।
मेलामा साइबर सुरक्षा र सूचना–प्रविधि अनि स्मार्ट सिटीका पछिल्ला प्रयोग र प्रविधिबारे विमर्शसमेत हुने सचिव अधिकारीले बताए । १ सय २८ स्टल रहने मेलामा ६० प्रतिशत स्टल अग्रिम बुकिङ भएको सचिव अधिकारीले जनाए । कम्प्युटर, मोबाइल, ल्यापटप, टेलिकम्युनिकेसन, एन्ड्रोइट र स्मार्ट फोन एप्सका सेल्स तथा सूचनाको जानकारी हुने क्यान महासंघका केन्द्रीय सदस्य ठाकुर श्रेष्ठले बताए । आयोजकले २ लाख अवलोकनकर्ता भित्र्याएर करिब ७ करोड बराबरको काराबोर गर्ने लक्ष्य लिएको छ । हिक भिजनको मुख्य प्रायोजनमा हुने पाँचदिने मेलामा सर्वसाधारणको प्रवेश शुल्क ५० र विद्यार्थी सहुलियत प्रवेश टिकट २५ रुपैयाँ रहने आयोजकले जनाएको छ ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here