आइ.सि.टि ब्यबसायी बिच मैत्रीपुर्ण फुटबल खेल सम्पन

नेपालीहरुको महान् पर्व विजयादशमी, मोहर्रम, शुभ दिपावली, छठ, नेपाल सम्वतको अवसरमा क्यान महासंघ बाके शाखा को आयोजनामा २०७४ असोज ७ गते शनिबार बाकेको कोहलपुर नगरपालिका १३ बीघामा मा शुभकामना आदानप्रदान कार्यक्रमा तथा आइ.सि.टि ब्यबसायी बिच मैत्रीपुर्ण फुटबल खेल कार्यक्रम सम्पन भयको छ । कोहलपुर नगरपालिका मेयर लुट बाहादुर रावत ज्यु को प्रमुख आतिथ्यमा र कोहलपुर उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नम प्रसाद शर्मा ज्यु तथा क्यान महासंघ बाके शाखा का पूर्व अध्यक्ष ज्यु को बिशेष आतिथ्यमा भयको उत्त कार्यक्रममा क्यान महास्ंघ बांके शाखा का कार्यसमिती पदाधिकारी, सद्स्य तथा आइ.सि.टि ब्यबसायी उपस्थिती रहेको थियो ।
कोहलपुर नगरपालिका मेयर लुट बाहादुर रावत ज्यु र कोहलपुर उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नम प्रसाद शर्मा ज्यु ले कोहपुर नगर क्षेत्र मा सुचना प्रबिधी को बिकास को लागी क्यान महास्ंघ बांके सङ सहकार्य गरेर अगाडी बढ्ने कुरा जानकारी गराउनु भयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here