आइसिटीमा महिलाको सम्भावना धेरै, दूरसञ्चार प्राधिकरण

 काठमाडौ । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी–नेपाल) ले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा वर्डप्रेस र साइबर सेक्युरिटी विषयक वर्कशप सञ्चालन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमा किशोरीहरुलाई सशक्तिकरण गर्ने मूल उद्देश्यले काभ्रेको बनेपास्थित आइटी पार्कमा वर्कशप सञ्चालन गरिएको हो ।

वर्कशपमा काभ्रेस्थित एनआइसिटी बनेपा कलेज, काभ्रे मल्टिपल क्याम्पस, बनेपा पोलिटेक्निकल कलेज र काठमाण्डौ विश्वविद्यालयका २०० विद्यार्थीको सहभागिता रहेको थियो ।  कार्यक्रम वर्डप्रेस प्रशिक्षण, प्यानल डिस्कसन र साइबर सेक्युरिटी गरी तीन चरणमा सञ्चालन भएको थियो ।

नेपाललाई ‘स्मार्ट’ बनाऔँ
सो कार्यक्रमा बोल्दै सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र कुमार मिश्रले अब स्थानीय सरकार बनिरहेको सन्दर्भमा गाउँपालिका तथा नगरपालिकालाई पनि स्मार्ट बनाउनु पर्नेमा जोड दिए । आइसिटी र अहिलेको संबैधानिक व्यवस्थालाई जोड्यो भने नेपाललाई स्मार्ट बनाउन समय नलाग्ने उनले बताए ।  यसैगरी, आइटी पार्क सञ्चालनमा आइसकेको सन्दर्भमा विभागले सहकार्य गरेका विभिन्न संस्थाहरुमार्फत आइटी पार्कलाई फिनिसिङ इन्स्टिच्युट, रिसर्च डेभलपमेन्ट साइट तथा डाटा सेन्टर सञ्चालन गर्ने कार्य अघि बढीसकेको महानिर्देशक मिश्रले बताए ।

आइसिटीमा महिलाको सम्भावना धेरै
नेपाल दूरसञ्चार प्राधिकरणकी सहयाक निर्देशक रोजा किरण बासुकलाले आइसिटीमा महिलाको भूमिका र उनीहरुलाई बढी अवसरहरु प्रदान गर्नुपर्नेमा जोड दिइन् । यसका लागि व्यक्ति–व्यक्ति तथा घर–घरबाट छोरीहरुलाई प्रोत्साहन दिनुपर्नेमा उनले जोड दिइन् । पछिल्लो समयमा आइसिटीमा महिलाको सहभागित बढीरहेको र घरै बसेर पनि काम गर्न सकिने भएकाले महिलाहरुका लागि आइसिटी क्षेत्रले धेरै सम्भावना बोकेको उनले बताइन् । उनले भनिन्– ‘मोबाइल एप्स डेभलपमेन्टमा महिलाले काम गर्न सक्ने ठाउँ धेरै छन् । हामीले काठमाण्डौ बाहिरका जिल्लाहरुमा पनि महिलाको सिप तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ  ।

वर्डप्रेसको प्रयोग बढ्दै
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सिस्टम एड्मिनिस्ट्रटर रमेश पोखरेलले वर्डप्रेसको क्षेत्र र यसको सम्भाव्यता बारे प्रकाश पारेका थिए । विश्वमा ५ सयभन्दा बढी लोकप्रिय कलाकारहरुको वेबसाइट छन्  । १ लाखभन्दा बढी सरकारी कार्यालयहरुको वेबसाइट वर्डप्रेसबाट गरिएको पोखरेलले बताए । उनले भने, ‘नेपालका ५ सयभन्दा बढी वेबसाइटहरु वर्ड प्रेसबाट डेभलप गरिएका छन् ।’
यसैगरी, कार्यक्रमा बोल्ने क्रममै संयुक्त राष्ट्रिसंघका प्रतिनिधि राजेन्द्रमान बनेपालीले संयुक्त राष्ट्रिसंघले निर्धारण गरेका दिगो विकासका लक्षहरु हासिल गर्नका लागि र संरचना विकासका लागि आइसिटीको सहयोग लिनु पर्नेमा जोड दिए । एसआइसिटीका सल्लाहाकार तथा समृद्धी कलेजका संस्थापक डिल्लीप्रसाद शर्माले सूचना प्रविधिको सही प्रयोग गर्न नसकिए त्यसले समस्या निम्त्याउने बताए । डिसी नेपाल डट कम को सहयोगमा