अब ह्वाट्सएपमा पनि फेसबुक र ट्वीटरमा जस्तै फिचर

फेसबुक र ट्वीटरमा पहिलेदेखि नै भएको ‘मेन्सन’ फिचर ह्वाट्सएपमा पनि ल्याइने भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्। संसारमै लोकप्रिय बनेको म्यासेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ। हाल परीक्षणमा रहेको यो फिचरका माध्यमले च्याट गरिरहेको बेला अन्य कुनै प्रयोगकर्तालाई बोलाउनु परेमा मेन्सनमार्फत् ट्याग गरेर नोटिफिकेसन दिन सकिनेछ।

सबैभन्दा पहिले उक्त फिचर ह्वाट्सएपको आइओएस बेटा भर्जनमा उपलब्ध हुने बताइएको छ। यो बाहेक यस फिचरबाट कुनै प्रयोगकर्तालाई ग्रुपमा जोड्न पनि सजिलो हुनेछ। सले फेसबुक र ट्वीटरमा लेखेर ट्याग गरेजस्तै काम गर्नेछ।