अब फेसबुकले अातंकवादी पहिचान गर्ने

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार सोसल नेटवर्किंग साइट फेसबुकले एउटा यस्तो सफ्टवेयरको निर्माण गर्दैछ जसबाट फेसबुकमा प्रकाशित भएका सामाग्रीहरुको जाँच गर्न सकिनेछ । उनका अनुसार यस्तो एल्गोरिदम अर्थात् गणितीय प्रोग्राम बनाइँदैछ जसले फेसबुक पोष्टमा आतंकवाद, हिंसा, दुव्र्यवहार, घृणा आदि जस्ता कुराहरुलाई समाउन सक्नेछ । यसका साथै उक्त सफ्टवेयर आत्महत्या रोक्न समेत सहयोग गर्न सक्ने दाबी गरिएको छ । ५५ सय पेजको आफ्नो पत्रमा जुकरबर्गले फेसबुकको भविष्यका बारेमा चर्चा गर्दै विद्यमान अवस्थामा फेसबुकमा दिनहुँ प्रकाशित हुने अरबौँ पोष्ट तथा मेसेजको जाँच गर्नु असम्भव जस्तै रहेको बताएका छन् ।

पत्रमा जुकरबर्गले भनेका छन्- अहिले एउटा यस्तो प्रणाली बनाउने कोसिस भैरहेको छ जसले टेक्स्ट पढ्न सक्नेछ र तस्वीर तथा भिडियो देख्न सक्नेछ, बुझ्न सक्नेछ र कतै खतरनाक घटना त हुँदै छैन ? भन्ने कुरा थाहा पाउन सक्नेछ । जुकरबर्गले यस्तो सफ्टवेयर निर्माणकेा योजना अहिले सुरुवाती अवस्थामा रहेको प्रष्ट पारेका छन् । एनका अनुसार फेसबुकले अहिले आर्टिफिसियल इन्टेलिजेन्सको यस्तो प्रयोगका बारेमा सोँचिरहेको छ जसले आतंकवाद सँग जोडिएको खबर तथा आतंकवादको प्रचार प्रसार बीचको अन्तर पहिचान गर्न सक्नेछ ।

अातंकवादी पहिचान गर्ने फेसबुकको योजनालाई साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरुले स्वागत गरेका छन् । फेसबुकले आफ्नो साइटमा आतंककारीले शिर छेदन गरेका भिडियोहरु पनि कुनै चेतावनी सन्देश विना प्रकाशित गर्ने अनुमति दिएको भन्दै फेसबुकको आलोचना हुने गरेको थियो । सन् २०१४ मा लण्डनमा एक बेलायती सैनिकको हत्या गर्ने हत्यारामध्येको एक जनाले घटनाको महिनौँ पहिले नै आफ्नो योजनाको जानकारी फेसबुक मार्फत दिइसकेको तथ्य सार्वजनिक भएपछि फेसबुकको आलोचना भएको थियो ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here